Headline

मैदानमा डेनिस स्टार ऐरिक्सन अचेत हुँँदै ढलेपछि युरो कपमा तनाव (भिडियो)

Published

on

युरो कप अन्तर्गत दिनको दोस्रो खेलमा फिनल्याण्ड र डेनमार्क भिड्दै गर्दा डेनिस खेलाडी क्रिश्चियन ऐरिक्सन मैदानमा अचेत अवस्थामा ढले पछि तनावको स्थिति सृजना भएको छ ।

ऐरिक्सन अचेत हुँदै मैदानमा ढले पछि खेल स्थगित भएको छ । उनलाई खेलको बिचमै हृदयघात भएको हुन सक्ने आशंका गरिएको छ ।

पहिलो हाफको अन्तिम समयमा अप्रत्यासित घटना भए पछि रेफ्री एन्थोनी टेलर र युएफाका म्याच कमिस्नरले खेल स्थगित गरेका हुन् ।

ऐरिक्सन ४० मिनेट मैदानमा अचेत अवस्थामा ढलेका थिए । त्यसपछि उनलाई आकास्मिक उपचार गराउदै मैदान बाहिर लागिएको थियो ।

स्तब्ध डेनमार्क र फिनल्याण्डका समर्थकहरु उनको लागि प्रार्थना गरिरहेका छन् ।

 

Click to comment

Trending