Euro 2020

युरो कप: वेल्सलाई हार खानबाट भार ले जोगायो

Published

on

भिडियो असिस्टेन्ट रेफ्रि निर्णायक साबित हुंदा वेल्स युरो कपको आफ्नो पहिलो खेलमा स्विट्जरल्याण्डसंगको निश्चित हारबाट जोगिएको छ ।

अजरबैजानको राजधानी बाकुमा भएकोखेल १-१ को बराबरी रहदा स्विट्जरल्याण्डले गोल गरेपछि भारले वेल्सलाई जोगाएको थियो । स्विट्जरल्याण्डले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेपनि जित हात पार्न बाट चुकेको थियो ।

यो समुहमा इटालीले शुक्रबारको उद्घाटन खेलमा टर्कीलाई ३-० ले पराजित गरेको थियो ।

शनिबार दोश्रो हाफ शुरु भएको चौथो मिनेटमै ब्रिल एम्बोलोले बनाएको एकपक्षीय दवाबमा वेल्सले गोल खान पुगेको थियो । काउन्टर अट्याकमा पाएको बलमा एम्बोलोले दुई वेल्स डिफेन्डरकोबीचबाट तिब्र दौड लगाउदै बक्स बाहिरबाट सशक्त प्रहार गर्दा वेल्स गोलकिपर ड्यानी वार्डले उत्कृष्ट बचाउ गर्दै बल कर्नरको लागि पठाएका थिए ।

जेरदान सकिरीको कर्नरमा ६ यार्ड भित्र रहेका एम्बोलोले डिफेन्डर कोनोर रोबर्ट्सलाई शारिरिक लडाईमा पछि पार्दै हेडर मार्फत गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि एम्बोलोको यो पाचौं गोल हो ।

पहिलो गोलपछि संघर्ष गरेको वेल्सलाई किफर मुरलेखेलमा फर्काएका थिए । ७३ औं मिनेटमा छोटो कर्नरबाट आएको बलमा मुरले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

८५ औं मिनेटमा एम्बोलोको हेडर असिस्टमा मारियो गाभ्रानोभिचले भलिमार्फत गोल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रि मार्फत अफसाइड दिइएको थियो । निर्धारित समय सक्किन एक मिनेट बाकी हुदा एम्बोलोको क्लोज रेन्ज हेडरलाई वार्डले पञ्च गर्दै वेल्सको संकट टारेका थिए ।

खेलको शुरुवाती १५ मिनेटमा वेल्सले नियन्त्रण लिएको थियो भने त्यसपछि पहिलो हाफ पूर्ण रुपमा स्विट्जरल्याण्डको पक्षमा रह्यो । पहिलो मौका वेल्सलेबनाउदा ड्यान जेम्सको तौलिएको क्रसमा मुरको हेडरलाई स्विस गोलकिपर यान सोमरले सुन्दर ढंगले बचाएका थिए ।

लगत्तै फाबियन सारको ब्याक हिललाई वेल्स गोलकिपर वार्डले बचाए । पहिलो हाफमा ह्यारिस सेफेरोभिचले स्विट्जरल्याण्का लागि दुई पटक मौका खेर फालेका थिए । २७ औं मिनेटमा उनको प्रहार नजिकैबाट चुक्यो भने पहिलो हाफको अन्तिम समयमा एम्बोलोले बक्स भित्रै बाट सेफेरोभिचलाई निकालेको फ्रि बलमा उनले निकै बाहिर प्रहार गरेका थिए ।

Click to comment

Trending