Euro 2020

दुई वर्ष देखि गोल गर्न नसक्दा पनि चिन्तित छैनन् बेल 

Published

on

वेल्स राष्ट्रिय फुटबल टोलीका कप्तान ग्यारेथ बेलले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न नसकेको दुई वर्ष हुन लाग्यो । उनले पछिल्लो पटक वेल्सको जर्सीमा सन् २०१९ को अक्टोबरमा क्रोयसिया विरुद्ध युरो कप छनोटमा गोल गरेका थिए । 

त्यस पछि उनले राष्ट्रिय टोलीबाट ११ खेल खेले पनि एक गोल पनि गर्न सकेका छैनन् । तर पनि बेल गोलको खडेरी तोड्न नसकेकोमा चिन्तित छैनन् । 

३१ वर्षीय बेलले वेल्सको लागि ९२ खेल खेल्दै ३३ गोल गरेका छन् र उनी वेल्सको लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

युरो कप २०२० अन्तर्गत आफ्नो पहिलो खेलमा वेल्सले आज राती बाकुमा स्विजरल्याण्ड विरुद्ध खेल्दै छ । लामो समय देखि गोल गर्न नसके पनि उनी आफ्नो टोलीलाई पर्याप्त योगदान दिन सफल भएको र छिटै नै आफ्नो लयमा फर्कदै गोल गर्ने पनि आशा व्यक्त गरे ।       

“मैले यस अघि पनि भनेको थिए, जुन समयमा मैले धेरै गोल गर्न सफल भएको थिए, जसले गोल गरे पनि मुख्य लक्ष्य भनेको जित हो,” बेलले भने । “पछिल्ला ११ खेलमा मैले गोल गर्न सकेको छैन । तर पनि मैले सायद ६-७ असिस्ट गर्न सफल भएको थिए । मैले अझै पनि आफ्नो टोलीलाई योगदान दिन सफल नै छु । आफूले गोल गर्न नसके पनि अन्य खेलाडीलाई गोल गर्न सहयोग गरेको छु ।”

“त्यसैले पनि म गोल गर्न नसकेकोमा चिन्तित छैन । गोल गर्न अवसर पाएको खण्डमा पक्कै पनि गोल गर्न सफल हुनेछ । आशा छ युरो कपमा मैले धेरै भन्दा धेरै गोल गर्न सक्छु भनेर ।”

Click to comment

Trending