Headline

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नको लागि प्रतिस्पर्धा खुल्ला 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ।  

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सी र ट्राउजर दुवैको लागि डिजाइन गर्न पर्ने हुन्छ । त्यस्तै उसले नेपाली टोलीले प्रयोग गर्ने जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने छ । 

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।      

क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख पनि हात पार्ने छ । उक्त पुरस्कार राशी नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले प्रयोजन गर्ने एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरी बताए । 

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । उक्त शृंखलामा अहिले नै पुरष्कृत हुने डिजाइन नै नेपाली टोलीले आफ्नो जर्सी प्रयोग गर्नेछ ।    

आफ्नो डिजाइन दिने अन्तिम मिती यसै महिनाको १७ तारिक सम्म रहेको छ । डिजाइन क्यानको इमेल – info@cricketnepal.org मा गर्न पर्ने हुन्छ भने यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइट http://www.cricketnepal.org.np/ मा पनि राखिने छ ।  छनौट समितिमा क्यानको तर्कबाट २ जना र एडप्याड को तर्कबाट १ जना सम्मिलित हुने छन् ।

क्यानको आयोजनामा यसै महिनाको सुरुवातमा आयोजना भएको त्रिकोणात्मक शृंखलाका क्रममा नेपालको जर्सीलाई लिएर विरोध भएका कारण पनि क्यानले नयाँ जर्सीको डिजाइन बनाउन लाएको हो ।

‘हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग मिलेर खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौँ ,’ एमएसटीका सह संस्थापक सुलभ बुढाथोकीले बताए । ‘आशा छ यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ । उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगिताहरूमा त्यसै अनुरूप प्रयोग गर्नेछ ।’

1 Comment

Trending