Headline

युरो कपमा आज तीन खेल, बेल्जियमलाई रुसको चुनौति

Published

on

युरो २०२० को दोस्रो दिन शनिबार तीन खेलहरु हुँदै छन् । समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्ड विरुद्ध खेल्दा समुह ‘बी’ मा फिनल्याण्ड डेनमार्क विरुद्ध खेल्दै छ । दिनको अन्तिम खेलमा बेल्जियमले रुस विरुद्ध खेल्दै छ ।

वेल्स भर्सेस स्विट्जरल्याण्ड

युरो २०१६ मा सेमिफाइनल सम्मको यात्रा तय गरेको वेल्सले त्यो वर्ष युरोपमा चमत्कार नै गरेको थियो । शनिबार फेरी पनि युरोमा आफ्नो पहिलो खेल खेल्दै गर्दा वेल्सबाट ठुलो अपेक्षा भने हुनेछ । २०१६ को युरोबाट मात्रै आठ खेलाडी बाँकी रहेको वेल्सको यो टोलीमा ग्यारेथ बेल, आरोन राम्से जस्ता खेलाडी भए पनि त्यो समयको जस्तो फममा भने छैनन् ।

पछिल्लो पाँच खेलमा वेल्सले ठुलो नतिजा हात पार्न सकेको छैन । स्विट्जरल्याण्ड भने पछिल्लो पाँच खेलमा अपराजित रहेको छ । यो पटक युवा खेलाडीहरुले भरिएको वेल्सको खेलमा केही परिवर्तन आउन सक्ने छ । स्विट्जरल्याण्ड लागि भने अनुभावी खेलाडीहरु ग्रानिट जाका र जेरदान सकिरीले मिड्फिल्डमा सुरु गर्न सक्ने छन् ।

अजरबैजानको बाकु रङशलामा हुने यो खेल नेपाली समय अनुसार ६:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच-

ग्यारेथ बेल, वेल्स

 

ग्राएन्ट जाका, स्वीजरल्याण्ड

 

फिनल्याण्ड विरुद्ध डेनमार्क

दुवै टोली यो पटक युरोका अप्रत्यासित नतिजा ल्याउन सक्ने टोली हुन् । तर दुवै टोली भिड्दै गर्दा डेनमार्क फिनल्याण्ड भन्दा बलियो टोली देखिन्छ । २०१६ युरोमा छनोट नै हुन नसकेको डेनमार्क १९९२ को युरो च्याम्पियन हो । डेनमार्क पछिल्लो १२ खेलमा एकमा मात्रै पराजित भएको छ । फिनल्याण्डको पछिल्लो पाँच खेल हेर्ने हो भने कुनैमा पनि जित निकाल्न सकेको छैन ।

फिनल्याण्डको यो पहिलो युरोपियन प्रतियोगिता भएका कारण पनि उत्तिकै महत्वपूर्ण छ । डेनमार्कको गोलरक्षकमा पिटर स्माइकल, डिफेन्डरमा आन्द्रेस क्रिस्टेनसन, मिड्फिल्डमा क्रिश्चियन एरिक्सन र फर्वार्डमा योसुफ पोलसेन र मार्टिन ब्रेथवेट रहेका छन् । यता फिनल्याण्डका लागि फर्वार्ड टिमु पुक्की र रेन्जर्सका मिड्फिल्डर ग्लेन कमारा मुख्य खेलाडी हुन ।

डेनमार्कको राजधानी कोपेन्हेगनमा हुने खेल नेपाली समय अनुसार ९:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच-

योसुफ पोलसेन, डेनमार्क

टिमु पुक्की, फिनल्याण्ड

बेल्जियम भर्सेस रुस

बेल्जियमको स्वर्ण पुस्ताको रुपमा चिनिएको यो टोलीलाई युरोपियन प्रतियोगिता जित्ने यो अन्तिम मौका हो । युरो २०२० जित्ने दाउ सहित मैदानमा उत्रिन लागेको बेल्जियमका लागि निकै खेलाडीहरु फर्ममा रहेका छन् । युरो २०१६ को क्वार्टरफाइनलमा वेल्ससँग पराजित भएको बेल्जियमका लागि यो पटकको युरोको महत्व छुट्टै छ ।

४१ वर्ष ठुलो प्रतियोगिता नखेलेको बेल्जियमले एकै पटक २००० को युरो पछि २०१६ को युरो खेलेको थियो । २०१४ र २०१८ को विश्वकपले केही राहत त मिल्यो तर पनि कुनै उपाधि जित्न नसके पछि अझै पनि समर्थक र खेलाडीमा भोक देखिन्छ । समुह ‘बी’ मा अरु टोली भन्दा बलियो देखिएको बेल्जियमले समुह चरण सहजै पार गर्ने अनुमान लगाउन सकिन्छ । रुसका लागि पनि यो पटक समुह चरण पार गर्नै पर्ने दवाब छ ।

बेल्जियममा रोमेलु लुकाकु, केवेन डि ब्रुन, एडेन हजार्ड र थिबाओ कोर्ट्वा जस्ता प्रभावशाली खेलाडीहरु छन् । रुसका लागि पनि दिमित्री बार्निनोभ र एलेक्ससान्दर केर्ज्हाकोभ जस्ता खेलाडीहरु रहेका छन् ।

खेल नेपाली समय अनुसार राती १२:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

रोमेलु लुकाकु, बेल्जियम

 

एलेक्स्जान्डर गोलोभिन, रसिया

Click to comment

Trending