Headline

डि ककले शतक प्रहार गर्दा टेस्ट जोगाउन संघर्षरत वेस्ट इन्डिज 

Published

on

दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककले अविजित शतक प्रहार गर्दा घरेलु टोली वेस्ट इन्डिज पहिलो टेस्ट जोगाउन संघर्षरत रहेको छ ।

वेस्ट इन्डिजलाई पहिलो पारीमा मात्र ९७ रनमा रोकेको दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा ९६ दशमलब पाँच ओभर खेल्दै ३२२ रन बनायो । पहिलो पारीको आधारमा २२५ रनले पछि परेको वेस्ट इन्डिजले आज नै आफ्नो दोश्रो पारी सुरु गर्यो र दिनको खेलको समाप्तिमा ३० ओभर खेल्दै ८२ रनमा चार विकेट गुमाएको छ र अझै १४३ रनले पछि रहेको छ ।  

दक्षिण अफ्रिकाको तर्फबाट अविजित रहेका विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कक सर्वाधिक १४१ रन बनाए । १७० बलको सामना गर्दै उनले १२ चौका र सात छक्का प्रहार गरे । एक छोडबाट दक्षिण अफ्रिकाले लगातार रुपमा विकेट गुमाए पनि अर्को छोडबाट डि ककले आक्रामक ब्याटिङ गर्दै रन जोड्न सफल भए । 

डि कक बाहेक दक्षिण अफ्रिकाको लागि एडेन मार्क्रमले ६० तथा रसी भान डर डसेनले ४६ रनको पारी खेले भने वियान मुल्दारले पनि २५ रनको योगदान दिए । 

वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक चार विकेट लिए भने जयडेन सिल्सले तीन तथा किमा रोचले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराउन सफल भए ।           

वेस्ट इन्डिजको तर्फबाट दोश्रो पारीमा रोस्टन चेज २१ तथा जर्मेन ब्ल्याकउड १० रनमा अविजित रहेका छन् भने कप्तान ग्रेग ब्राथवेट सात, किएरन पावेल १३ तथा शे होप र कायल मायर्स सामना १२-१२ रनमा आउट भए ।

दोश्रो पारीमा दक्षिण अफ्रिकाका बलरहरू कागिसो रबाडाएनरिच नोर्किएले समान २-२ विकेट हात पार्न सफल भए ।

पहिलो पारीमा वेस्ट इन्डिजलाई सस्तै रोक्ने क्रममा लुंगी एनगिदीले सर्वाधिक पाँच विकेट तथा नोर्किएले चार विकेट हात पारेका थिए  । एनगिदीले १३ दशमलब पाँच ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए भने नोर्किएले ११ ओभरमा ३५ रन दिए । त्यस्तै कागिसो रबाडाले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए ।   

 

Click to comment

Trending