अन्तर्राष्ट्रिय

कन्वे र योङको अर्धशतकमा इंग्ल्यान्ड विरुद्ध बलियो अवस्थामा न्युजिल्याण्ड 

Published

on

डेभन कन्वेविल योङले अर्धशतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्ड विरुद्धको दोश्रो टेस्टको दोश्रो दिन न्युजिल्याण्ड बलियो अवस्थामा रहेको छ । 

इंग्ल्यान्डलाई मात्र ३०३ रनमा रोकेको न्युजिल्यान्डले दोश्रो दिनको खेलको समाप्ति सम्ममा ७६ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा २२९ रन बनाएको छ र इंग्ल्यान्ड भन्दा मात्र ७४ रनले पछि रहेको छ भने उसको हातमा अझै सात विकेट बाँकी छ ।

न्युजिल्यान्डको तर्फबाट विल योङले सर्वाधिक ८२ रन बनाएर आउट भए भने आफ्नो डेब्यु खेलमा नै दोहोरो शतक प्रहार गरेका डेभन कन्वेले ८० रनको पारी खेले भने दिनको समाप्तिमा अनुभवी ब्याट्सम्यान रस टेलर ९७ बलको सामना गर्दै ४६ रनमा अविजित रहेका छन् ।

न्युजिल्यान्डले सुरुवात भने राम्रो गर्न सकेन । उसका कप्तान तथा ओपनर टम लाथम छ र बनाएर स्टुवार्ट ब्रोडको शिकार भए । तर कन्वेयोङले दोश्रो विकेटका लागि १२२ रन जोड्दै न्युजिल्यान्डको पारी सम्हाले । १४३ बलको सामना गर्दै ११ चौका प्रहार गरेका कन्वे पनि ब्रोडको नै शिकार बन्न पुगे ।

त्यस पछि योङले तेश्रो विकेटका लागि टेलरसँग मिलेर ९२ रन जोडे । २०४ बलको सामना गर्दै ११ चौका प्रहार गरेका योङ ड्यान लरेन्स आउट भए पछि अम्पायरहरूले दिनको खेल समाप्त भएको घोषणा गरे ।            

दोश्रो दिनको खेल सात विकेटको नोक्सानीमा २५८ रनको अवस्थाबाट सुरु गरेको इंग्ल्यान्डले ४५ रन जोड्दा बाँकी टिन विकेट गुमायो । 

इंग्ल्यान्डको तर्फबाट ड्यान लरेन्स र रोरी बर्न्सले सामना ८१-८१ रन बनाए । अविजित रहेका लरेन्सले १२४ बलको सामना गर्दै १३ चौका तथा पहिलो दिनको खेलमा नै आफ्नो विकेट गुमाएका बर्न्सले १८७ बल खेल्दै १० चौका प्रहार गरे ।त्यस्तै पहिलो दिनको खेलको समाप्तिमा १६ रनमा अविजित रहेका मार्क उडले पनि ४१ रनको योगदान दिए । 

क्वारेन्टिनमा बस्न परेका कारण पहिलो टेस्ट गुमाएका न्युजिल्यान्डका तीब्र गतिका बलर ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट हात पारे भने म्याट हेनरी र एजाज पटेल क्रमश तीन र दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

दुई खेलको टेस्ट शृंखला ०-० को अवस्थामा रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।      

 

Click to comment

Trending