Euro 2020

युरो कपः इटालीको उत्कृष्ट शुरुवात, एकपक्षीय खेलमा टर्की ३-० ले पराजित

Published

on

सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले गोल गरेपछि इटालीले टर्कीलाई ३-० ले पराजित गर्दै युरो कपमा शानदार शुरुवात गरेको छ ।

रोममा बेरार्डी नै इटालिको दुई गोलमा संलग्न थिए । खेलमा अत्याधिक समय आफ्नो पक जमाएको इटालीले कुनै पनि समय टर्कीलाई अवसर दिएको थिएन । एकपक्षीय प्रदर्शनपछि इटालीले अन्तर्रँष्ट्रिय स्तरमा आफ्नो अपराजित यात्रालाई २८ खेलसम्म लम्ब्याएको छ ।

१८ औं मिनेटमै लोरेन्जो इन्सिग्नेले राम्रो टिम संयोजनमा पाएको बलमा बाहिर प्रहार गरेका थिए । चार मिनेटपछि नै कर्नर बलमा किलिनीको हेडरलाई टर्किस गोलकिपर उगुर्कान साकिरले मुस्किलले बचाएका थिए ।

५३ औं मिनेटमा इटालीको लगातारको मिहिनेतले परिणाम दिएको थियो । डोमेनिको बेरार्डीले ६ यार्ड भित्र निकालेको बललाई छातीले डिफेन्ड गर्ने क्रममा मेरिह डेमिरलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

६६ औं मिनेटमा इम्मोबिलेले इटालीको लागि दोश्रो गोल गरे । बेरार्डीले नै निकालेको क्रसमा लियोनार्डो स्पिनाजोको प्रहार साकिरले रोकेपनि रिबाउण्ड इम्मोबिलेले सशक्त प्रहार गर्दै गोल गरेका थिए । इटालीको लागि उनको यो १४ औं अन्तर्राष्ट्रिय गोल थियो ।

इटालीको संगठित आक्रमण सामु नीरिह देखिएको टर्किले ७९ औं मिनेटमा तेश्रो गोल खायो । अर्को उत्कृष्ट टिम मुभमा आएको बललाई इन्सिग्नेले राम्रो फिनिसिंग दिदै इटालीको जित सुनिश्चित गरेका थिए ।

Click to comment

Trending