Headline

अष्ट्रेलियन प्रशिक्षक ग्राहम आर्नोल्ड भन्छन्: “नेपाली टोलीका लागि मेरो निकै सम्मान छ”

Published

on

नेपालले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा अष्ट्रेलिया विरुद्ध ३-० ले गुमायो । पहिलो हाफमा २-० ले पछि परेको नेपालले ४५ मिनेटको इन्जुरी समयमा आफ्नो मुख्य डिफेन्डर रोहित चन्दलाई रातो कार्ड खाँदै गुमायो ।

तर, दोस्रो हाफमा भने नेपालले एक गोल मात्रै खायो । १० खेलाडीमा सिमित भएको नेपालले अन्तिम सम्म डटेर खेलेको अष्ट्रेलियन प्रशिक्षक ग्राहम आर्नोल्डले बताए । “नेपाली खेलाडीहरु अन्तिम समय हामीलाई चुनौती दिए । हाम्रो लागि यो लगतार सातौँ जित थियो तर नेपाली खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरे। ”

नेपाली खेलाडीका लागि निकै ठुलो सम्मान भएको पनि आर्नोल्डले बताए,” मेरो लागि नेपाली खेलाडीहरुका लागि निकै सम्मान छ त्यो बाहेक मसँग अरु कुनै शब्दै छैन,”

“नेपालका खेलाडीहरु निकै राम्रा छन् र प्रशिक्षकले पनि निकै राम्रो काम गरिरहेका छन्।” आर्नोल्डले थपे ।

अष्ट्रेलिया २१ अंक सहित समुह बि को शिर्ष स्थानमा रहेको छ भने पहिले नै कतार विश्वकपका लागी छनोट भैसकेको छ । अष्ट्रेलियाले आफ्नो अन्तिम खेलमा जुन १५ मा जोर्डनको सामना गर्दै छ । नेपाली टोली भने शनिबार स्वदेश फिर्ता हुँदै छ ।

Click to comment

Trending