Headline

‘गोर्खाली हो ! १० खेलाडी होस वा ११ खेलाडी डटेर खेल्नु थियो’ – अब्दुल्लाह अल्मुताइरी

Published

on

‘नेपालले विश्वकप तथा एसिया कप छनोट अन्तरग्त आफ्नो अन्तिम खेलमा ३-० ले पराजित भयो । पाँच पटक विश्वकप खेलिसकेको र फिफा वारीयतामा ४१ औँ स्थानमा रहेको अष्ट्रेलिया विरुद्ध नेपालले आफ्नो सक्दो दियो । किरणले धेरै प्रहारहरु उत्कृष्ट ढङ्गले बचाए पनि भने कुनै अष्ट्रेलियन खेलाडीहरुले मौका खेर पनि फ्याले ।

पहिलो हाफमा २-० पछि परेको अवस्थामा ४५ मिनेट पछिको इन्जुरी समयमा नेपालका लागि रोहित चन्दले रातो कार्ड खान पुगेका थिए । रेफ्रि अहमद अल सादले रोहितलाई पहिलो हाफको इन्जुरी समयमा सोझै रेड कार्ड देखाएका थिए । लास्ट म्यान रोहितसंगको चुनौतिमा फ्रान काराचिच लडेपछि अल सादले सहायक रेफ्रिसंगको छलफल पछि सिधै रेड कार्ड दिएका थिए ।

तर दोस्रो हाफमा १० खेलाडी सहित खेलेको नेपालले एक गोल मात्रै खायो । लगतार ९० मिनेट अष्ट्रेलियाको आक्रमणलाई झेलेको थियो । नेपालले राम्रो डिफेन्सिभ खेल खेल्नुमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरुमा गोर्खाली जोष भएको बताए ।

पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले भने ,” हामीलाई विश्वमा गोर्खाली भनेर चिनिन्छ र गोर्खालीले कहिले हार मान्दैन भन्ने सोच खेलाडीहरुले बोकेका थिए र चाहे १० होस वा ११ खेलाडी हामीले अन्तिम समय सम्म डेटर खेल्नु थियो र मलाई लाग्छ हामीले अष्ट्रेलियालाई राम्रो देखायौँ।”

नेपाली टोली आफ्नो अन्तिम खेल पछि भोली स्वदेश फर्कदै छ । नेपालले अब स्पेटेम्बर अघि एएफसी कपका लागि प्लेअफ खेल्ने छ ।

Click to comment

Trending