Headline

नेपाल अष्ट्रेलियासंग ३-० ले पराजित 

Published

on

नेपालले २०२२ बिश्वकप र २०२३ एसिया कप समुह चरण हारको साथ टुंग्याएको छ ।

कुवेताको जबर अल अहमद रंगशालामा नेपाल अष्ट्रेलियासंग ३-० ले पराजित भएको छ । नेपाल पहिलो लेगमा अष्ट्रेलियासंग ५-० ले हारेको थियो । नेपालले छनोटमा हात पारेको दुई जित चाइनिज ताईपेइ संग रह्यो । दुवै खेलमा नेपालमा २-० ले बिजयी भएको थियो ।

यसबाहेक नेपालले कुवेतसंग ७-० र १-०, जोर्डनसंग समान ३-० ले पराजित भएको थियो । नेपालले अब एसिया कपको तेश्रो चरणको छनोटका लागि प्लेअफको सहारा लिने छ ।

नेपाली फुटबलको अर्को ठूलो खेलमा दोश्रो हाफमा प्रमुख खेलाडी रोहित चन्दलाईगुमाएपछि १० खेलाडीमा सिमित भएपनि एक गोल मात्र खाएको थियो ।

रेफ्रि अहमद अल सादले रोहितलाई पहिलो हाफको इन्जुरी समयमा सोझै रेड कार्ड देखाएका थिए । लास्ट म्यान रोहितसंगको चुनौतिमा फ्रान काराचिच लडेपछि अल सादले सहायक रेफ्रिसंगको छलफल पछि सिधै रेड कार्ड दिएका थिए ।

नेपाल ६ मिनेटपछि नै खेलमा पछि परेको थियो । कप्तान म्याथ्युलेकीले नेपालका टप डिफेन्डर रोहितलाई बिट गर्दै सुन्दर हेडरमार्फत गोल गरेका थिए । २९ औं मिनेटमा कोनोर रेटक्लेफको गोलतर्फ अग्रसर फ्रिकिकमा नेपाल नम्बर वान गोलकिपर किरण चेम्जोंगले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।

३६ औं मिनेटमा बक्स भित्र निकै राम्रो ड्रिब्लिंग स्किल देखाएका लेकीले राम्रो मौका बनाएपनि अनन्त तामांगले उत्कृष्ट ढंगले डिफेन्ड गरेका थिए । लेकीले नै बनाएको मुभमा अष्ट्रेलियन कप्तानले नेपालको बस्कभित्र मिलाएको बललाई फ्रान काराचिचले निकै नै सहज तरिकाले गोल गर्दै किरणलाई बिट गरेका थिए ।

५७ औं मिनेटमा रोहितको अनुपस्थितिमा कमजोर बनेको डिफेन्सलाई बिट गर्दै मार्टिन बोयलले नजिकैबाट ट्याप इन गर्दै गोल गरेका थिए ।

Click to comment

Trending