Headline

अष्ट्रेलियाबिरुद्ध रोहितलाई सिधै रेड कार्ड

Published

on

अष्ट्रेलियाबिरुद्धको २०२२ बिश्वकप र २०२३ एसिया कप अन्तर्गतको अन्तिम खेलमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले रेड कार्ड खाएका छन् ।

जबर अल अहमद रंगशालामा रेफ्रि अहमद अल सादले रोहितलाई पहिलो हाफको इन्जुरी समयमा सोझै रेड कार्ड देखाएका थिए । लास्ट म्यान रोहितसंगको चुनौतिमा फ्रान काराचिच लडेपछि अल सादले सहायक रेफ्रिसंगको छलफल पछि सिधै रेडकार्ड दिएका थिए ।

पहिलो हाफमा नेपाल २-० ले पछि परेको छ । नेपाल ६ मिनेटपछि नै खेलमा पछि परेको थियो । कप्तान म्याथ्युलेकीले नेपालका टप डिफेन्डर रोहित चन्दलाई बिट गर्दै सुन्दर हेडरमार्फत गोल गरेका थिए ।

२९ औं मिनेटमा कोनोर रेटक्लेफको गोलतर्फ अग्रसर फ्रिकिकमा नेपाल नम्बर वान गोलकिपर किरण चेम्जोंगले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेका थिए । ३६ औं मिनेटमा बक्स भित्र निकै राम्रो ड्रिब्लिंग स्किल देखाएका लेकीले राम्रो मौका बनाएपनि अनन्त तामांगले उत्कृष्ट ढंगले डिफेन्ड गरेका थिए ।

लेकीले नै बनाएको मुभमा अष्ट्रेलियन कप्तानले नेपालको बस्कभित्र मिलाएको बललाई फ्रान काराचिचले निकै नै सहज तरिकाले गोल गर्दै किरणलाई बिट गरेका थिए ।

Click to comment

Trending