Headline

अष्ट्रेलिया विरुद्ध दिनेश,अन्जन र सन्तोष बेन्चमा, गौतम श्रेष्ठ,बिशाल राई र एरिक बिष्ट शुरुवाती ११ मा

Published

on

विश्वकप तथा एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले अष्ट्रेलिया विरुद्ध खेल्दा आफ्नो शुरुवाती ११ मा जोर्डन विरुद्धको खेलबाट पाँच खेलाडी परिवर्तन गरेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डन विरुद्धको खेलबाट दिनेश राजवशींको स्थानमा गौतम श्रेष्ठ, सन्तोष तमाङको स्थानमा एरिक बिष्ट आएका छन् । अर्का मिड्फिल्डर बिशाल राई पनि टोलीमा आएका छन् । नेपाल ४-३-३ को फर्मेसनमा खेल्दै छ । नवयुग श्रेष्ठले अग्रपङ्ती सम्हाल्ने छन् ।  अन्जन बिष्ट भने बेन्चमा छन् ।

नेपाली टोली ६ अंकका साथ चौँथो स्थानमा रहेको छ भने अष्ट्रेलिया १८ अंकका साथ विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

 

 

Click to comment

Trending