Headline

सान्चोका लागि युनाइटेडको ६७ मिलियन पाउण्डको प्रस्ताव अस्वीकृत 

Published

on

जेडन सान्चो भित्र्याउने म्यानचेस्टर युनाइटेडको प्रस्ताव जर्मन क्लब बोरुसिया डर्टमण्डले अस्वीकार गरेको छ । युनाइटेड सान्चोको लागि ६७ मिलियन पाउण्ड तिर्नका लागि तयार भए पनि डर्टमण्ड अहिले सान्चो बेच्ने सुरमा छैन । 

युनाइटेडले गत वर्ष पनि सान्चोलाई भित्र्याउन ठुलै कसरत गरेको थियो । तर दुई क्लब बीच पैसाको कुरा नमिल्दा युनाइटेड विफल भएको थियो । यस सिजन पनि प्रशिक्षक ओले गुनर सोल्सायरले उनलाई आफ्नो क्लबमा आबद्ध गराउने लक्ष्य राखेका थिए । सोल्सायर इंग्ल्यान्डका २१ वर्षीय सान्चोलाई भित्राउँदै युनाइटेडको राइट विङ बलियो बनाउ चाहन्थे ।  

सान्चोको डर्टमण्डसँगको सम्झौता आगामी सिजनको अन्त्य सम्म मात्र रहेको छ । त्यसैले पनि डर्टमण्डलाई सान्चो यसै वर्ष नै बेच्न पर्ने पनि दबाब रहेको छ । किन भने अर्को सिजन उनी फ्रि ट्रान्सफर मार्फत अन्य क्लब जान सक्ने छन् ।    

युनाइटेड अझै पनि सान्चो भित्र्याउनेमा आशावादी रहेको छ । गत वर्ष जस्तै यो वर्ष पनि डर्टमण्डले युनाइटेडले खर्चन लागेको रकममा राजी हुन सकेको छैन । डर्टमण्डले भने युनाइटेडलाई आफूहरू सान्चोलाई बेच्न तयार रहेको भए पनि पूर्वशर्तहरू पनि पेश गरेको छ । डर्टमण्डले सान्चोलाई भित्र्याउन युनाइटेडले कम्तीमा पनि ७७ दशमलब पाँच मिलियन युरो खर्चन पर्ने जनाएको छ ।

युनाइटेडले सान्चोलाई भने आफ्नो क्लबमा भित्राउन राजी गरिसकेको छ । युनाइटेडले सान्चोलाई पाँच वर्षको लागि अनुबन्ध गर्ने र हप्ताको तीन लाख ५० हजार पाउण्ड तलब दिन तयार भएको हो ।     

सन् २०२०-२१ को सिजनमा सान्चोले डर्टमण्डको लागि कुल ३८ खेल खेल्दै १६ गोल र २० असिस्ट गरेका थिए । 

गत सिजनको प्रिमियर लिगमा युनाइटेड दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो । दोश्रो स्थानमा रहेको युनाइटेड पहिलो स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि रहेको थियो । सोल्सायर यस सिजन प्रिमियर लिगको उपाधि उठाउने लक्ष्य सहित टोलीमा नयाँ अनुहार भित्राउन चाहन्छन् ।  

Click to comment

Trending