Headline

युरो कप: प्रतिभाशाली टर्की विरुद्ध पहिलो खेलमा भिड्दै महत्वाकांक्षी इटाली

Published

on

पाँच वर्ष ठुलो प्रतियोगिताबाट बहिर बस्दै आएको इटालीले जुन ११ मा भने कमब्याक गर्दा रोमको ओलम्पिक रङशालामा टर्की विरुद्ध खेल्दै युरो कपको उदघाटन गर्दै छ ।

२०१८ को विश्वकपमा छनोट नहुँदा चार पटकको विश्व बिजेता इटालीलाई ठुलो धक्का लागेको थियो । तर रोबेर्टो मान्चिनी इटालीको प्रशिक्षक भएर आए यता इटालीको खेल्ने शैलीमा समेत परिवर्तन आएको छ ।

पछिल्लो अभ्यास खेलमा पनि चेक रिपब्लिकलाई ४-० ले हराएको इटालीको युरो योजनालाई बलियो मान्नुपर्छ । २७ खेलमा अपराजित रहेको इटालीलाई फाईदा निकै छ तर बेफाईदा भने एक । उनीहरुका महत्वपूर्ण मिडफिल्डर मार्को भेराट्टीले घुँडाको चोटका कारण खेल गुमाउने छन् । तर उनको स्थानमा सासुलोका मानुएल लोक्काटेलीले खेल्ने भएका कारण केही दवाब भने कम हुने छ ।

टर्कीको टोली भने निकै प्रतिभाशाली छ । डिफेन्स, मिडफिल्ड र फर्वार्ड तीनवटै क्षेत्रमा टर्कीको टोलीमा प्रतिभाको कमी छैन । टर्कीले युरो कप छनोटमा मात्रै ३ गोल खाएको थियो । लेस्टर सिटीका कग्लर सोयोन्चु र युभेन्टसका मेरि डिमेरलको रक्षात्मक जोडीको प्रदर्शनले टर्कीले जर्मनी र नेदर्ल्याण्ड्स जस्तो टोलीलाई पनि सहजै रोकेको थियो । टर्कीको फर्वार्डमा लीलले लिग वान जित्दाका बुराक यिल्माजको पनि निकै चर्चा छ ।

“यो इटालीको टोली २०१६ को युरो टोली भन्दा राम्रो छ त्यही कारण पनि हामी पहिलो खेल देखि नै जितको खोजीमा हुने छौँ,” इटालीका डिफेन्डर एलेक्जेण्डर फ्लोरेन्जीले बताए ।

“पाँच वर्ष हामी यो समयको प्रतिक्षामा थियौँ र आज हामी युरोको शुरुवात गर्दै छौँ । हामी समुह चरण सहजै कटाँउदै च्याम्पियन बन्ने लक्ष्य सहित मैदानमा उत्रिने छौँ,” उनले भने ।

रोममा हुने पहिलो खेलमा १६ हजर दर्शकले अनुमती पाउने छन् । खेल नेपाली समय अनुसार मध्यराती १२:४५ मा सुरु हुँदै छ ।

 

प्लेयर्स टु वाच

बुराक यिल्माज, टर्की

 

 

मानुएल लोक्काटेली,इटाली

 

Click to comment

Trending