अन्तर्राष्ट्रिय

एनगिदी र नोर्किएले घातक बलिङ गर्दा वेस्ट इन्डिज पहिलो पारीमा ९७ रनमा नै समेटियो

Published

on

तीब्र गतिका बलरहरू लुंगी एनगिदीएनरिच नोर्किएले घातक बलिङ गर्दा घरेलु टोली वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिनको खेलमा नै दक्षिण अफ्रिकाका हाबी हुन पुगेको छ ।     

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज आफ्नो पारीमा मात्र ९७ रनमा समेटियो भने आज नै ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिकाले पहिलो दिनको खेलको समाप्तिमा चार विकेट गुमाएर १२८ रन बनाएको छ भने ३१ रनको अग्रता पनि लिन सफल भएको छ ।

वेस्ट इन्डिजलाई सस्तै रोक्ने क्रममा एनगिदीले सर्वाधिक पाँच विकेट लिए भने नोर्किएले चार विकेट हात पारे । एनगिदीले १३ दशमलब पाँच ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिए भने नोर्किएले ११ ओभरमा ३५ रन दिए । त्यस्तै कागिसो रबाडाले पनि आफ्नो नाममा एक विकेट दर्ता गराउन सफल भए ।

वेस्ट इन्डिजको तर्फबाट जेसन होल्डरले सर्वाधिक २० रन बनाए भने ओपनरद्वय शे होप र क्रेग ब्राथवेटले समान १५-१५ रनको योगदान दिए । 

कप्तान डिन एल्गर रनको खाता पनि नखोली पेभेलियन फर्किदा खराब सुरुवात गरे पनि एडेन मार्क्रमले ६० अठा रसी भान डर डसेनले अविजित ३४ रन जोड्दै दक्षिण अफ्रिकालाई पहिलो दिनमा नै अग्रता दिलाउन सफल भए ।     

वेस्ट इन्डिजका जयडेन सिल्सले ११ ओभर बलिङ गर्दै ३४ रन खर्चिएर तीन विकेट लिँदा दक्षिण अफ्रिकालाई पनि दबाबमा राख्न सफल भएका हुन् ।  

Click to comment

Trending