अन्तर्राष्ट्रिय

बर्न्स र लरेन्सको अर्धशतकमा सम्हालिँदै इंग्ल्यान्ड 

Published

on

ओपनर रोरी बर्न्सछैठौं नम्बरमा ब्याटिङ गर्न आएका ड्यान लरेन्सले अर्ध शतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्डले न्युजिल्याण्ड विरुद्धको दोश्रो तथा अन्तिम टेस्टको आफ्नो पहिलो पारीमा सम्हालिन पुगेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा सात विकेट गुमाएर २५८ रन बनाएको छ ।

इंग्ल्यान्डको तर्फबाट १८७ बलको सामना बर्न्सले १० चौकाको मद्दतमा सर्वाधिक ८१ बनाएर आउट भए भने १०० बल खेल्दै ११ चौका प्रहार गरेका लरेन्स ६७ रनमा अविजित छन् । त्यस्तै अर्का ओपनर डम सिब्ली ३५ रन बनाएर पेभेलियन फर्किए ।       

पहिलो विकेटका लागि बर्न्ससिब्लीले ७२ रन जोड्दै राम्रो सुरुवात दिए । तर सिब्लीको विकेटको पतन पछि इंग्ल्यान्डले लगातार रुपमा विकेट गुमायो । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्याक क्रली शून्य, कप्तान जो रुट चार, ओली पप १९ तथा जेम्स ब्रेस गोल्डेन डकआउट भए । पहिलो दिनको खेलको समाप्तिमा लरेन्सले १६ रनमा अविजित रहेका मार्क उडसँग मिलेर इंग्ल्यान्डको पारी सम्हाल्दै छन् ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र एजाज पटेलले समान २-२ विकेट हात पार्दै इंग्ल्यान्डलाई दबाबमा राख्न सफल भए ।

दुई खेलको टेस्ट शृंखला ०-० को अवस्थामा रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।      


 

Click to comment

Trending