Headline

नेपाल भर्सेस अष्ट्रेलिया: हेड टु हेड, के भन्छन् प्रशिक्षक ?, प्लेयर्स टु वाच र सम्भावित११

Published

on

नेपालले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा बलियो टोली अष्ट्रेलियाको सामना गर्दै छ । १८ अंक सहित कतार विश्वकपका लागि छनोट भइसकेको अष्ट्रेलियन टोलीलाई नेपालसँग केही गुमाउनु छैन । यता नेपाली राष्ट्रिय टोली पनि आष्ट्रेलिया विरुद्ध झिनो आशका साथ मैदानमा उत्रिने छ ।

नेपालले अष्ट्रेलिया विरुद्ध जितको आशा कमै राखे पनि यदी जित्ने हो भने राष्ट्रिय टोलीले एसियन कप प्लेअफको सपनालाई जीवन दिन सक्ने छ ।

हेड टु हेड

नेपाल र अष्ट्रेलियाले एक अर्का विरुद्ध एक खेल मात्रै खेलेका छन् । जुन खेलमा अष्ट्रेलियाले नेपाललाई ५-० ले हराएको थियो । तर त्यो नेपाली टोलीबाट हालको नेपाली टोली निकै फरक पनि छ । उक्त टोलीबाट मात्रै ६ खेलाडी यो टोलीमा रहेका छन् । अष्ट्रेलियाले उक्त खेलमा ५ गोल गर्दा जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए ।

के भन्छन् प्रशिक्षक ?

अब्दुल्लाह अल्मुताइरी, नेपाल

“हाम्रो टोली खेलको लागि तयार छ । जोर्डनसँगको नतिजा पछि हामीले स्ट्यास पनि हेरेका छौँ र त्यो पहिलेको तुलनामा राम्रो निस्किएको छ । हामी गल्ती कम गर्दै गाएका छौँ ।अष्ट्रेलियासँग आफ्नो राष्ट्रिय टोलीका लागि डेब्यु गर्न गार्हो छ तर पनि तीन नयाँ खेलाडीहरुले मौका पाउने छन् भन्नेमा म बिश्वस्त छु । खेलमा उनीहरुले शुरुवात त गर्ने छैनन तर पनि खेल हेरेर अन्तिम समय सम्म उनीहरुले डेब्युको मौका पाउने छन् ।”

ग्राहम आर्नोल्ड, अष्ट्रेलिया

“नेपाली टोली निकै राम्रो भएको छ र मिहिनेती पनि । उनीहरु मैदानमा निकै कुदिरहेका हुन्छन् । यो खेल हाम्रो लागि सजिलो भने छैन । हामीले दुई टोलीसँग त खेलेका छौँ तर धेरै पछि नेपालसँग पनि खेल्न बाँकी रहेको छ ।”

प्लेयर्स टु वाच:

मनिष डाँगी, नेपाल

इराक विरुद्ध आफ्नो पहिलो सिनियर डेब्युमै गोल गरेका मनिष डाँगी अष्ट्रेलिया विरुद्धको खेलमा प्लेयर्स टु वाच हुन् । अष्ट्रेलियाको सम्हालिएको डिफेन्सलाई आफ्नो ड्रिब्लिङ स्किल्सले टोड्न सक्ने एक मात्र खेलाडी मनिष हुन् । नेपाल सुपर लिगमा बिराटनगर एफसीबाट खेलेका मनिषले ए डिभिजनमा डेब्यु नै नगरि राष्ट्रिय टोलीमा डेब्यु गर्ने मद्धे कमै खेलाडीको सुचीमा समेत पर्छन् । मनिष दक्षिण कोरियाली युनीभर्सिटीको लिग खेल्ने गरेका थिए ।

फ्रान करासिक, अष्ट्रेलिया

अष्ट्रेलियाका लागि मात्रै एक खेल खेलेका कारासिक राइट ब्याक हुन् । क्रोएसियामा जन्मिएका करासिकले क्रोएसियाको यु-२१ बाट फुटबल खेल्ने गरेका थिए । पछि आफ्नो आमा अष्ट्रेलियाको रहेको थाहा पाए पछि उनले अष्ट्रेलियन राष्ट्रिय टोलीबाट खेल्ने निर्णय लिएका थिए । उनी इटालियन क्लब ब्रेसियाबाट व्यवसाहिक फुटबल खेल्ने गर्छन् । प्रशिक्षक ग्राहमले नेपाल विरुद्ध नयाँ खेलाडीले मौका पाउने बताएसँगै शुरुवाती ११ मा उनले खेल्ने मौका बलियो छ ।

 

सम्भावित ११ :

Click to comment

Trending