Headline

अष्ट्रेलियन प्रशिक्षकले तारिफ गर्दै भने: नेपाल निकै मिहिनेती छ, हाम्रो लागि सजिलो छैन

Published

on

विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाले आफ्नो अन्तिम खेलमा नेपालसँग खेल्दै छ । जबर अल अहमद रङ्गशालामा हुने खेलमा नेपालले पनि एसियन महरथी अष्ट्रेलियासँग दोस्रो पटक खेल्न लागेको हो ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले भने नेपाललाई सजिलो प्रतिद्वन्दीको रुपमा नलिने बताएका छन् । “नेपाली टोली निकै राम्रो भएको छ र मिहिनेती पनि । उनीहरु मैदानमा निकै कुदिरहेका हुन्छन् । यो खेल हाम्रो लागि सजिलो भने छैन,” ग्राहमले भने ।

ग्राहमलाई जोर्डन र कुवेतमा कुन टोली राम्रो लाग्यो भनेर प्रश्न आँउदा पनि उनले अझै नेपालसँग खेल्न बाँकी रहेको बताए । “हामीले दुई टोलीसँग त खेलेका छौँ तर धेरै पछि नेपालसँग पनि खेल्न बाँकी रहेको छ,” उनले थपे ।

अष्ट्रेलिया ६ खेलमा कुनैमा पनि पराजित भएको छैन । १८ अंक सहित अष्ट्रेलिया विश्वकपको लागि छनोट भईसकेको छ र त्यही कारण पनि ग्राहमले नेपाल विरुद्धको खेल अष्ट्रेलियन खेलाडीको खेल र उनीहरुको प्रदर्शन हेर्नका लागि ठीक हुने पनि बताए ।  नेपाल पहिलो पटक अष्ट्रेलियासँग खेल्दा ५-० ले पराजित भएको थियो ।

नेपालको भने एसियन कपको छोटो बाटो लगभग समाप्त हुदा ६ अंकका साथ समुह बिको चौँथो स्थानमा छ ।

नेपाली समय अनुसार खेल शुक्रबार ९:४५ बजे सुरु हुने छ ।

Click to comment

Trending