Headline

‘अष्ट्रेलिया विरुद्ध राष्ट्रिय टोलीमा युवा खेलाडीले डेब्युको मौका पाउने छन्’

Published

on

नेपाली राष्ट्रिय टोली हाल कुवेतमा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत आफ्नो दोस्रो चरणको खेलहरु खेल्दै छ । कुवेतमा चाइनिज ताइपेलाई २-० ले हराएको नेपालले जोर्डनसँग ३-० ले पराजित भएको थियो ।

अब भने नेपालले आफ्नो अन्तिम खेलमा एसियन महारथी अष्ट्रेलियाको सामना गर्दै छ । आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको साम्ना गर्दै गर्दा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन नयाँ युवा खेलाडीहरुले मौका पाउन सक्ने बताए ।

निकै युवा टोली रहेको नेपाली राष्ट्रिय फुटबल टोलीमा यो पटक ६ नयाँ अनुहार परेका थिए । जसमा गौतम श्रेष्ठ र मनिष डाँगीले राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका छन् भने गोलरक्षक बिशाल सुनार, मिड्फिल्डर सुरज जिउ ठकुरी, आयुश घलान र कमल थापाले टोलीमा डेब्यु गर्न बाँकी रहेका छन् ।

तर, टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाहले भने तीन नयाँ खेलाडीले अन्तिम खेलमा मौका पाउन सक्ने बताए । “अष्ट्रेलियासँगा आफ्नो राष्ट्रिय टोलीका लागि डेब्यु गर्न गार्हो छ तर पनि तीन नयाँ खेलाडीहरुले मौका पाउने छन् भन्नेमा म विश्वाश्त छु । खेलमा उनीहरुले शुरुवात त गर्ने छैनन तर पनि खेल हेरेर अन्तिम समय सम्म उनीहरुले डेब्युको मौका पाउने छन्,” उनले भने ।

नेपालले आफ्नो अन्तिम खेलमा अष्ट्रेलियासँग जाबेर अल अहमद रङ्गशालामा खेल्दै छ । अघिल्लो पटक अष्ट्रेलियासँग एक खेल मात्रै खेलेको नेपाल ५-० ले पराजित हुन पुगेको थियो ।

Click to comment

Trending