Headline

कोपा अमेरिकामा नेमारले ब्राजिलको कप्तानी गर्ने

Published

on

कोपा अमेरिकाका लागि ब्राजिलियन प्रशिक्षक टिटेले सुपरस्टार खेलाडी नेमार जुनियरको कप्तानीमा २३ खेलाडीको नाम सर्वजनिक गरेका छन् । ब्राजिलमा कोरोनाका कारण धेरै खेलाडीले यस्को विरोध गरे पनि प्रतियोगिता भने खेल्ने छन् । आर्जेन्टिनामा खेलाउने भनिए पनि अन्तिम समयमा प्रतियोगिता ब्राजिलमा खेलाउने निर्णय भएको थियो ।

डिफेण्डिङ च्याम्पियन रहेको ब्राजिल उच्च फममा रहेको छ । विश्वकप छनोटमा अघिल्लो खेलमा मात्रै पराग्वेलाई २-० ले हराएको ब्राजिल ६ खेलमा अपराजित रहेको छ ।

पेरिस सेन्ट जर्माइनका स्टार खेलाडी नेमारले २०१९ को कोपा अमेरिका इन्जुरीले गुमाए पनि यो वर्ष भने टोलीको कप्तानी गर्ने छन् । धेरै अन्य सिनियर खेलाडी भए पनि नेमारले यो पटक ब्राजिलको कप्तानी गर्न लागेका हुन् ।

धेरै खेलाडीले कोपा अमेरिका बहिष्कार गर्ने हल्ला भए पनि कुनै खेलाडीले नाम फिर्ता लिएका छैनन् ।

ब्राजिलको कोपा अमेरिका टोली:

गोलकिपर – एलिसन बेकर (लिभरपुल), वेभर्टन (पाल्मेरिस), इडर्सन मोराएस (म्यानचेस्टर सिटी)

डिफेन्डर – ड्यानी आल्भेस (साओ पाउलो), थियागो सिल्भा (चेल्सी), इडर मिलिटाओ (रियल म्याड्रिड), मार्किनोस (पीएसजी), भेरिससिमो (साओ पाउलो),डानिलो (युभेन्टस), एलेक्स सान्द्रो (युभेन्टस), रेनान लोडी (एट्लेटिको म्याड्रिड),

मिडफिल्डर – क्यासमिरो (रियल म्यड्रिड), फ्रेड (म्यानचेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), एभर्टन रिवेइरो (फ्लमेन्ङो), पाक्वेटा (लियोन), डुग्लस लुइज (एस्टन भिल्ला)

फरवार्ड – रोबर्टाे फिर्मिनो (लिभरपुल), गाब्रियल बरवोसा (फ्लमेन्ङो), भिनिसियस जुनियर (रियल म्याड्रिड), रिचार्लीसन (एभर्टन), एभर्टन (बेन्फिका), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी) (कप्तान)

Click to comment

Trending