Headline

मैले साढे २५ वटा ट्रफी जितेको छुः होजे माउरिन्हो

Published

on

टोटन्ह्यामका पुर्व प्रशिक्षक होजे माउरिन्होले टोटनह्यामलाई आफुले कराबाओ कपको फाइनल सम्म पुर्याएको भन्दै उक्त ट्रफीको आफु पनि हकदार रहेको बताएका छन् ।

वेम्ब्लीमा म्यानचेस्टर सिटीसंग भएको फाइनल अघि टोटन्ह्यामले बर्खास्त गरेका कारण पनि आधा ट्रफी आफुलाई दिन पर्ने उनले बताएका हुन् ।

पोर्टो, चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड सम्हाल्दा उनले लिग उपाधि र कप गरेर कुल २५ उपाधि जिताएका थिए । तर सिटी विरुद्धको फाइनल भन्दा एक हप्ता अघि मात्र स्पर्सले १७ महिनाको सम्बन्ध तोड्दै उनलाई बर्खास्त गरेको थियो ।

हालै दिइएको एक अन्तर्वार्तामा उनले आगामी सिजन इटालियन सिरी आ टोली एएस रोमामा प्रशिक्षण गर्ने बताए । त्यस्तै उनले रोमाबाट उपाधिहरु जित्ने पनि दाबी गरे ।

“मैले मेरो प्रशिक्षणमा कतिवटा उपाधि हात पारे भनेर सोध्न सक्नुहुन्छ ? र म भन्छु साढे २५ । किन साढे २५ ? किन भने कराबाओको फाइनलमा म टोटनह्यामको प्रशिक्षक थिइन,” माउरिन्होले भने ।

“तपाईले धेरै फाइनल खेलेका खेलाडीहरुसंग सोध्न सक्नु हुन्छ र सबैले एउटै उत्तर दिन्छन्, फाइनल खेल्नु भनेको सपना हो चाहे पहिलो पटक होस् या २० अथवा ५० औपटक, फाइनल भनेको फाइनल हो र सपना पनि ।”

“तर वेम्ब्लीको फाइनल भनेको सपना भन्दा पनि ठुलो हो । जब फाइनलको लागि म त्यहां पुग्छु त्यो मेरो सपना भन्दा पनि ठुलो हो । झन् खासै उपाधि जित्न नसकेको टोलीलाई उपाधि जिताउनु भनेको दोहोरो सपना हो । म निकै दयालु स्वभाबको मान्छे हो । जब म कुनै पनि क्लबको ढोका बन्द गर्दछु, म आफ्नो बाटो लाग्छु र मानिसहरुको राम्रो होस् भनेर मात्र कामना गर्दछु । तर रमाइलो रुपमै लिएपनि किन नहोस् मैले भन्नै पर्दछ कि मैले साढे २५ वटा उपाधि जितेको छु,” उनले भने ।

Click to comment

Trending