लेख

दुई बर्षका लागि बेकह्यामको इन्टर मायामीमा खेल्दै मेस्सी

Published

on

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी अमेरिकाको मेजर लिग सकर क्लबमा इन्टर मायामीबाट खेल्नका लागि एक नयां १० बर्षे सम्झौतालाई लिएर बार्सिलोनासंग छलफल गरिरहेका छन् ।

मेस्सीलाई लिएर सार्वजनिक भएको नयां घटनाक्रमका बारे इन्टर मायामीका मालिकलेनै पुष्टि गरेका हुन् । मायामी हेराल्ड पत्रिकाले इन्टरका मालिक होर्गे मास र सह मालिक डेभिड बेकह्याम बार्सिलोनालेतैयार गरिरहेको नयां सम्झौता अन्तर्गत नै छोटो समयका लागि मायामीबाट खेल्नको लागि गम्भिर छलफल गरिरहेको उल्लेख गरेको छ ।

स्पेनमा सार्वजनिक भइरहेका रिपोर्टहरुका अनुसार मेस्सलिे २०२२-२३ को अन्त्य सम्ममा दुई सिजन स्पेनिस ला लिगा महारथीका लागि खेल्नेछन्र अर्को दुई सिजन मायामीबाट खेल्दै आफ्नो करिअरको अन्त्य गर्नेछन् ।

त्यसपछि मेस्सी पुन बार्सिलोना फर्कदै ६ बर्षको लागि क्लबको ग्लोबल दुत को रुपमा रहनेछन् । मायामी अध्यक्ष मासले हेराल्डलाई बुधबार मेस्सी अन्त्यमा मायामीबाटै खेल्नेमा आशावादी रहेको बताएका थिए ।

“डेभिड (बेकह्याम) र म निकै कडा मिहिनेत गरिरहेका छौं। हामी उत्कृष्ट खेलाडीहरु ल्याउनतर्फ अग्रसर छौं र लियो मेस्सी एक फरक पुस्तामै राज गरेर बसेका हुन् । म उनी मायामीबाट खेल्नेमा आशावादी छु र यसले मायामीलाई बिश्वस्तरीय टिम बनाउने अभियानमा सघाउने छु,” मासले भने ।

यो महिनाको अन्त्यमा ३३ बर्षिय मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त हुने हुंदा उनको भविष्यलाई लिएर धेरै कुरा आंकलन गरिएको छ । ६ पटकका बालोन डि ओर बिजेताले डिसेम्बरमा स्पेनिस टेलिभजनलाई अन्तर्वार्ता दिदै मेस्सीले आफू एमएलस खेल्ने बताएका थिए ।

“अमेरिकामा बस्ने अनुभव लिने, आनन्द उठाउने र त्यहांकोलिगको अनुभव गर्ने मेरो सधैको सपना नै हो,” मेस्सीले भनेका थिए ।

इन्टरका सह मालिक बेकह्यामले फेब्रुवरीमा आफ्नो क्लब मेस्सी र क्रिष्चियानो रोनाल्डोको स्तरका खेलाडीहरु भित्र्याउन मिहिनेत गरिरहेको बताएका थिए । “हामी सधै महान खेलाडीहरुलाई ल्याउन चाहन्छौं, मेस्सी र रोनाल्डो जस्तै,” उनले भनेका थिए ।

Click to comment

Trending