लेख

मेस्सी र म बीच तुलना हुनु नै गलत होः भारतीय कप्तान सुनिल क्षेत्री

Published

on

बिश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय गोलको किर्तिमान तोडेपछि भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आफ्नो तुलना गलत ठांउमा भइरहेको प्रतिकृया दिएका छन् ।

क्षेत्रीले बिश्वकप तथा एसिया कप संयुक्त छनोट अन्तर्गत बंगलादेशबिरुद्धको खेलमा दुई गोल गरेपछि उनले अर्जेन्टाइन मेस्सीको ७२ गोलको किर्तिमान तोडेका थिए । उनी अब सकृय फुटबलरहरुमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा अर्का ग्लोबल सुपरस्टार क्रिष्चियानो रोनाल्डोभन्दा मात्रै पछाडी रहेका छन् ।

पोर्चुगिज स्ट्राइकर रोनाल्डोको १ सय ३ अन्तर्राष्ट्रिय गोल रहेको छ ।

“एउटा तथ्य के हो भने मेस्सी र मलाई तुलना गर्न नै मिल्दैन । गोल गरेको सुचीमा मैले आफ्नो माथि देख्दा भारतीय भएको कारण पांच सेकेण्ड मलाई खुशी लाग्ला र कुरा त्यति मात्रै हो ।
मेरो र मेस्सीको तुलना गर्न छोडिदिनु होला किन भने म सहित पुरै दुनिया नै मेस्सीको ठूलो फ्यान हो,” क्षेत्रीले दोहोबाट भने ।

क्षेत्रीले दुवै गोल गरेपछि भारतले पहिलो पटक बिश्वकप छनोटको अवे खेलमा जित हात पारेको थियो । क्षेत्री बाहेक युएईका अली मब्खुत पनि ७३ गोलका साथ सकृय फुटबलरहरुमध्ये सबैभन्दा बढी गोल गर्ने खेलाडहिरुको सुचीमा मेस्सीभन्दा माथि रहेका छन् ।

फिफा बरियतामा १ सय ५ स्थानमा रहेको भारत बिश्वकप छनोटको दौडबाट बाहिरिसकेको छ भने एसिया कप छनोटको तेश्रो चरण नजिक रहेको छ ।

Click to comment

Trending