लेख

युरो कपः पुरै टिममा कोरोना फैलिए स्पेनको समानान्तर टिमले भाग लिने

Published

on

जुन ११ देखि युरोपका बिभिन्न शहरमा शुरु हुन गइरहेको युरो कप फुटबलका लागि स्पेनले कोरोनाको संक्रमण फैलिन गए अनौठो तयारी गरेको छ ।

स्पेनले सिंगोटिमलाई नै कोरोना संक्रमण भएको अवस्थामा १७ जनाको बैकल्पिक टोली नै तैयार गरेको छ । डिफेन्डर डिएगो लोरियन्टेकोरोना संक्रमित हुने दोश्रोखेलाडी बनेपछि स्पेन फुटबल संघ (आरएफइएफ) ले समानान्तर बबल बनाएको जानकारी दिएको छ ।

आरएफइएफले यसअघि नै जगेडा रहेका ६ खेलाडीहरुसंग जोडिन थप ११ जना खेलाडी बोलाएको हो । सोमबार समुह इ अन्तर्गत स्विडनेबिरुद्ध आफ्नो पहिलो युरो कप खेल खेल्नु एक साता अघि आइतबार कप्तान सर्जियो बुस्केट्सलाई नै कोरोना भएको थियो ।

स्विडेनको टोलीमा पनि दुई जनालाई कोरोना संक्रमण भइसकेको छ । स्टार फर्वार्ड डेजान कुलुसेम्स्की र मिडफिल्डर माटियास स्भानबर्गलाई कोरोना पोजिटिभ देखिएको थियो । बुस्केट्सलाई कोरोना भएदेखि स्पेनको पुरै टोली आइसोलेसनमा रहेको छ ।

हाल बोलाइएका ११ जना स्पेनको त्यो अण्डर २१ टोलीका सदस्य हुन जसले स्पेनको युरो कप अभ्यास खेलमा लिथुवानियालाई ४-० ले हराएको थियो ।

हाल छुट्टै बायो बबलमा रहेका १७ जगेडा खेलाडीहरु युरो खेल्ने प्रमुख टोलीको सम्पर्कमा रहने छैनन् । स्पेनको समुहमा स्विडेन बाहेक पोल्याण्ड र स्लोभाकिया रहेका छन् ।

Click to comment

Trending