Headline

ब्राजिलमा कोपा अमेरिका रोक्न सर्वोच्च अदालतमा सुनुवाई हुने

Published

on

ब्राजिलको सर्वोच्च अदालतले कोपा अमेरिकाको आयोजना रोक्ने बिषयमा सुनुवाई गर्ने बताएको छ ।

यो निर्णयले बिश्वकैपुरानो फुटबल प्रतियोगिता शुरु हुन मात्र पांच दिन रहेको स्थितिमा आयोजनालाई लिएर थप शंका उत्पन्न भएको छ । “हाल बिकसित घटनाको प्रकृतिलाई ध्यानमा राख्दै जुन १० मा शुरु हुने प्रतियोगिता रोक्ने बिषयमा सुनुवाई गर्ने अनुमति दिएको छु,” सर्वोच्च अदालतका प्रमुख न्यायधीश लुई फक्सले भने ।

कोरोना भाइरसको संक्रमण कायम रहदा रहदै ब्राजिलले प्रतियोगिता आयोजनाको तैयारी शुरु गरिसकेको छ । अर्जेन्टिना र कोलम्बिायले कोपा अमेरिका संयुक्त रुपमा आयोजना गर्न गइरहेको थिए । तर अर्जेन्टिनामा कोरोनाको संक्रमण पुन माथि पुग्नुका साथै कोलम्बियामा सरकारबिरोधी आन्दोलन हिंसात्मक हुन थालेपछि दुवै देशलाई आयोजकको रुपमा हटाइएको थियो ।

ब्राजिल आकस्मिक रुपमा आयोजकको रुपमा अगाडी आएको थियो । तर ब्राजिलमा पनि कोरोनाको दर उच्च रहेको कारण यसले उग्र रुपमा लिन सक्ने चेतावनी दिइदै आइएको छ ।

ब्राजिलमा कोरोनाका कारण झण्डै चार लाख ८० हजार मानिसको मृत्यु भइसकेको छ । बढी ज्यान गुमाउने देशमा ब्राजिल दोश्रो नम्बरमा रहेको छ । कोपा अमेरिका ब्राजिलमा राजनीतिक मुद्दा बनिसकेको छ ।

Click to comment

Trending