Headline

नेमार चम्कीँदा ब्राजिल विश्वकप छनोटमा अपराजित

Published

on

नेमार जुनियरले विश्वकप छनोट अन्तर्गत भएको खेलमा उत्कृष्ट खेल देखाए पनि ब्राजिलले पाराग्वेलाई २-० ले पराजित गरेको छ । नेमारले पराग्वे विरुद्ध एक गोल र एक एसिस्ट पनि दिएका थिए ।

यो जितसँगै ब्राजिल दक्षिण अमेरिकि विश्वकप छनोटमा अपराजित रहेको छ । खेलको चौँथो मिनेटमै नेमारले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएका थिए । गब्रियल जिजसले निकालेको पासमा नेमारले नजिकै बाट गरेको प्रहार गोल भएको थियो । ब्राजिलका लागि नेमारको यो ६५ औँ गोल थियो ।

नेमार ब्राजिलको सर्वाधिक गोलकर्ता पेले भन्दा १२ गोल मात्रै पछाडि छन् ।

पहिलो हाफमा नेमारकै गोलले अग्रतालिएको ब्राजिलका लागि दोस्रो हाफमा एक गोल भने इन्जुरी समयमा मात्रै सफल भएको थियो । ९० मिनेट पछी थपिएको चार मिनेटको इन्जुरी समयमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाएका थिए ।

पहिलो स्थानमा रहेको ब्राजिल अपराजित रहेसँगै १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ अंक छ । पराजित पाराग्वे ७ अंक सहित छैटौं स्थानमा रहेको छ । इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहँदा पेरु ४ अंक जोडेर पुछारमा रहेको छ ।

Click to comment

Trending