Headline

दुई गोलको अग्रता जोगाउन नसक्दा कोलम्बियासँग बराबरीमा रोकियो अर्जेन्टिना

Published

on

पहिलो हाफको आठ मिनेट भित्र दुई गोलको अग्रता लिए पनि अन्तिम मिनेटमा गोल खाए पछि अर्जेन्टिना कोलम्बियासँग २-२ को बराबरीमा रोक्किएको छ ।

दक्षिण अमेरिकि विश्वकप छनोट अन्तर्गत वुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि तेस्रो मिनेट मै क्रिस्टियन रोमेरोले पहिलो गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि आठौँ मिनेटमा लियोनार्दो पारीदेजले गोल गर्दै २-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा केही मौकाहरुमा गोल गर्न नसके पनि अर्जेन्टिनाको अग्रता भने कायम रहेको थियो ।

दोस्रो हाफ भने अर्जेन्टिनाले सोचे जस्तो प्रदर्शन गर्न सकेन । बल पोजेसन राख्दा पनि धेरै मौकाहरु अर्जेन्टिनाले दोस्रो हाफमा गुमाउन पुग्यो । ५१ औँ मिनेटमा भने कोलम्बियाले पेनाल्टी मार्फत गोल गर्‍यो । लुइस फर्नान्डो मुरियल फ्रुटोले पेनाल्टीमा कोलम्बियालाई आशा जगाएका थिए ।

त्यस पछि अर्जेन्टिना गोलका लागि लगतार प्रयासरत रहे पनि मौकाको सदुपयोग भने गर्न सकेन । खेलको ९० मिनेट पछि थपिएको इन्जुरी समयमा कोलम्बियाले गोल गरे पछि अर्जेन्टिना निरह बन्न पुग्यो । मिगेल बोर्जाले अन्तिम समयमा गोल गर्दै कोलम्बियाको हार टारेका थिए ।

बराबरीसँगै अर्जेन्टिना १२ अंकका साथ दोस्रो स्थानमा छ भने ब्राजिल १८ अंकका साथ पहिलो स्थानमा छ । अन्य खेलहरुमा चिल्ली र बोलेभियाले १-१ को बराबरी खेलेका छन् ।

Click to comment

Trending