अन्तर्राष्ट्रिय

टेस्ट क्रिकेट खेल्न लायक छु जस्तो लाग्दैनथ्यो – जेम्स एन्डरसन 

Published

on

आगामी बिहिबार जब इंग्ल्यान्डले न्युजिल्यान्ड विरुद्धको दोश्रो तथा अन्तिम टेस्ट खेल खेल्ने छ, त्यस खेलमा सबैको आँखा जेम्स एन्डरसन माथि हुनेछ । यदि उनले उक्त खेलमा खेल्ने मौका पाएको खण्डमा उनी इंग्ल्यान्डको लागि सर्वाधिक टेस्ट खेल्ने खेलाडी बन्ने छन् ।

सन् २००३ मा लर्ड्समा जिम्बाब्वे विरुद्ध टेस्टमा डेब्यु गरेका ३८ वर्षीय एन्डरसन र इंग्ल्यान्डका पुर्व कप्तान एलिस्टर कुक दुवैले इंग्ल्यान्डको लागि १६१ क्याप जितेका छन् । बर्मिङ्घ्ह्याममा हुने टेस्टमा सुरुवात ११ मा स्थान बनाउन सकेको खण्डमा उनको खेल संख्या १६२ पुग्नेछ र उनी धेरै टेस्ट खेल्ने इङ्लिस खेलाडी मध्य एकलौटी रुपमा शीर्ष स्थानमा रहने छन् ।      

‘यो मेरो १८ वर्षको यात्रा निकै अविश्वसनीय रह्यो,’ एन्डरसनले भने । ‘जसरी कुकी (एलेस्टर कुक) ले खेले त्यो देख्दा उनको जति खेल खेल्न पाउँदा निकै गौरव लाग्दछ । ‘ 

जसरी उनी सन् २००३ देखि सन् २०२१ सम्म लगातार रुपमा आफ्नो प्रदर्शन दिन सफल भएका छन् त्यो हेर्दा उनी आफैलाई पनि यती लामो समय खेल्न सकेकोमा विश्वास लाग्दैन । ‘मलाई आफैलाई टेस्टका लागि म उपयुक्त छु जस्तो लाग्दैनथ्यो । जसरी मैले काउन्टी क्रिकेटबाट टेस्टमा स्थान बनाए मेरो लागि त्यो ठुलो फड्को थियो ।’

‘मेरो टेस्ट क्रिकेटको पहिलो बल नै नो बल थियो । जिम्बाब्वे विरुद्ध मैलें डेब्यु गर्दा कप्तान नासिर हुसेनले फाइन लेगमा फिल्डर पनि राखेका थिएनन् । त्यसैले पनि होला मैले रन पनि धेरै दिएको थिए ।सायद पहिलो खेल भएर अत्तालिएको पनि थिए । त्यस्तै त्यो समय मलाई मैले निकै ठुलो कदम त उठाइन भन्ने पनि लागेको थियो ।’

आफ्नो नाममा ६१६ विकेट लेखाएका एन्डरसन टेस्टमा सर्वाधिक विकेट लिने बलरहरूको सुचीमा चौथो स्थानमा तथा तीब्र गतिका बलरहरू मध्य पहिलो स्थानमा छन् । धेरै विकेट लिने खेलाडीहरूमा एन्डरसन भन्दा अगाडि श्रीलंकाका मुथैया मुरलिथारन (८००), अष्ट्रेलियाका शेन वार्न (७०८) र भारतका अनिल कुम्बले (६१९) रहेका छन् । अब उनले चार विकेट हात पार्न सकेको खण्डमा उनी कुम्बलेलाई पछि पार्दै तेश्रो स्थानमा उक्लने छन् ।

एन्डरसनले केही वर्ष खेले पछि र ठूला टोलीहरू विरुद्ध पनि राम्रो प्रदर्शन गर्न थाले पछि आएर बल्ल आफू टेस्ट खेल्नका लागि लायक रहेको लागेको पनि बताए ।

‘मलाई म टेस्टका लागि लायक छु भन्ने कुरा मान्नको लागि केही वर्ष लाग्यो । जब मैले भारत, अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता राम्रा टोली बिरुद्ध उत्कृस्ट प्रदर्शन गर्न थाले त्यस पछि बल्ल म आफैलाई टेस्ट बलरको रुपमा पनि लायक रहेको लग्यो । जब राम्रो टोली विरुद्ध पनि राम्रो प्रदर्शन निकलन्छ तब आफैमा पनि आत्मविश्वास आउन थाल्दछ । अनि त्यस पछि मलाई मैले राम्रो गर्न सक्छु भनेर विश्वास लाग्यो ।’  

चोटका कारण बारम्बार मैदान बाहिर बिताउन परेको भए पनि यती लामो समय सम्म खेल्न सकेकोमा एन्डरसनले आफै देखि निकै गौरवान्धित भएको पनि बताए । 


 

Click to comment

Trending