Euro 2020

नेदरल्यान्ड्सका भान डे बिकले युरो गुमाउने 

Published

on

नेदरल्यान्ड्सका मिडफिल्डर डोनी भान डे बिकले युरो कप गुमाउने भएका छन् । चोटका कारण यस अघि नेदरल्यान्ड्सको मैत्रीपूर्ण खेलहरू समेत गुमाएका २४ वर्षीय डे बिक आगामी शुक्रबारबाट सुरु हुने युरो कपमा पूर्ण ठिक नहुने भएका कारण युरो गुमाउने भएका हुन् ।

डच फुटबल संघले नेदरल्यान्ड्सको लागि १९ खेल खेलेका डे बिकको स्थानमा अन्य खेलाडी समावेश नगरिने जनाएको छ । डच फुटबलले उनलाई के को चोट लागेको हो भन्ने विषयमा पूर्ण जानकारी दिएको छैन । तर उनले यसअघि टोलीसँगै अभ्यास नगरेर एक्लै अभ्यास गरेको जनाएको थियो ।      

डे बिकले म्यानचेस्टर युनाइटेडको लागि प्रिमियर लिग अन्तर्गतको अन्तिम खेलमा पुरै ९० मिनेट नै खेलेका थिए । तर भिल्लारियल विरुद्ध युरोपा लिगको फाइनल खेल भने बेञ्चमा नै बिताएका थिए ।

यसै सिजन ३५ मिलियन पाउण्डमा आयाक्सबाट पाँच वर्षको अनुबन्धमा म्यानचेस्टर आएका डे बिकले रेड डेभिल्सका लागि खासै उल्लेख्य प्रदर्शन भने गर्न सकेका छैनन् । त्यस्तै उनले म्यानचेस्टरका लागि सबै प्रतियोगितामा गरेर कुल ३६ खेल खेलेका थिए जसमध्ये जम्मा १५ खेलमा सुरुवात गरेका थिए ।  

युरो २०२० मा समुह सिमा नेदरल्यान्ड्ससँगै युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया रहेका छन् । नेदरल्यान्ड्सले प्रतियोगिताको आफ्नो पहिलो खेल आगामी आइतबार युक्रेनसँग खेल्ने छ ।  


 

Click to comment

Trending