Euro 2020

इटालीको पुनर्जन्म र मान्चिनीलाई दोस्रो मौकाः के अज्जुरी बन्ला युरो च्याम्पियन ?

Published

on

गएको तीन वर्षमा इटालियन राष्ट्रिय टोलीले ठुलो उतार चढाव देख्यो । २०१८ को विश्वकपमा छनोट पनि नभएको इटालीले युरो २०२० उत्कृष्ट तरिकाले छनोट भयो । यो तीन वर्षे लामो यात्रा सम्भव हुनु पछाडिका मुख्य पात्र बनेप्रशिक्षक रोबर्टो मान्चिनी ।

मान्चिनीले युवालाई मात्रै मौका दिएनन,् भेट्रान खेलाडीलाई पनि टोलीमा राखे र नतिजा पनि दिए ।

२०१८ को विश्वकपमा छनोट हुन असफल भए पछि इटालियन मिडियाहरुले इटालीले फुटबलमा आफ्नो अत्मविश्वास गुमाएको भन्दै घरेलु लिग देखि संघ सम्मलाई दवाब दिएका थिए ।
लगातार एउटै लिग च्याम्पियन र इटालीयन खेलाडीले शिर्ष लिगमा मौका नपाएका कारण खेलाडी राम्रो नभएको समर्थकहरुको पनि दोष थियो ।

जियान पिएरो भेन्टुरा प्रशिक्षणमा इटालीको केही लक्ष्य नभएको भन्दै संघ उनलाई बर्खास्त ग¥यो । त्यसपछि संघले कार्यबहाक प्रशिक्षकको रुपमा लुइजी डि बाजियोलाई जिम्मेवारी दियो तर अज्जुरीले नयां प्रशिक्षकको खोजी शुरु गरिसकेको थियो । उसले खोजेकै जस्तो प्रशिक्षक पायो र मान्चिनीले इटालीको फुटबलमा सोचे भन्दा धेरै परिवर्तन ल्याए ।

“हामी भन्दा धेरै ठुलो टोलीहरुले हामीलाई गन्न छोडिसकेका छन् तर हामी एउटा सरप्राइज दिन चाहन्छौ,” इटालीका भेट्रान डिफेन्डर लियोनार्डो बोनुची भन्छन्।

इटालीले मान्चिनी आए पछि गरेको प्रगती हेर्ने हो भने पनि अज्जुरीले युरो २०२० मा उत्कृष्ट नतिजा ल्याए धेरै समर्थक अचम्ममा पर्ने छैनन् । २७ खेलमा अपराजित इटालीले सेप्टेम्बर २०१८ देखी एक खेल पनि हारेको छैन ।

यस दौरान सात गोल मात्रै खाएको इटालीले ७७ गोल गरेको छ । सधैं रक्षात्मक खेलका लागि चिनिएको इटालीलाई धेरै गोल गर्ने टोलीको रुपमा हेर्न थालिएको छ । इटालीको बदलिएको शैलीले उसले पुनरजन्म नै पाएको छ । यसको सबै श्रेय मान्चिनीलाई नै जान्छ । उनले इटालीका लागि ३६ खेल खेल्दै ६ गोल पनि गरेका थिए ।

१९८४ मा डेब्यु गरेका उनले इटालीलाई कुनै प्रतियोगिता जिताउन सकेनन् । त्यही कारण पनि मान्चिनीलाई अहिले दोस्रो मौका छ । खेलाडीको रुपमा जित्न नसकेको युरोपियन ट्रफिलाई मान्चिनी पक्कै पनि घर ल्याउन चाहन्छन् ।

उनले इटालीको यो टोली बनाउन पनि धेरै मिहिनेत गरेका छन् । २०१८ को विश्वकपमा छनोट हुन नसके पछि निराश इटालियन समर्थकलाई उनले अज्जुरीले कमब्याक गर्ने बाचा गरेका थिए । उनले यो तिन वर्षमा धेरै प्रयोगहरु गरे ।

इटालियन घरेलु फुटबलको दोश्रो श्रेणी सिरी बी बाट पनि उनले खेलाडीहरुलाई मौका दिएका छन् । युवा मात्रै हैन भेट्रान खेलाडीहरुलाई पनि खेलाए र त्यो तीन वर्षको उत्कृष्ट टोलीलाई उनले युरो २०२० मा मौका दिने छन् ।

जुन ११ मा युरो २०२० को शुरुवाती खेलमा इटालीले टर्की विरुद्ध खेल्ने छ । रोमको मोषममा फेरी पनि ठुलो युरोपियन प्रतियोगिताले इटालीमा माहौल त जमाउने छ नै, तीन वर्ष अघि आशा मारेका समर्थकहरुले पनि इटालीलाई फेरी पनि च्याम्पियनको रुपमा हेर्ने लक्ष्य लिएका छन् ।

Click to comment

Trending