अन्तर्राष्ट्रिय

क्रिकेटका १० तथ्य जुन झुटो लाग्न सक्छ तर सत्य हुन् 

Published

on

क्रिकेट विश्वमा चर्चित खेल मध्य एक हो । यो खेल विशेष गरि दक्षिण एसिया अझ बढी चर्चित छ । क्रिकेटमा यस्ता अचम्म अचम्मका तथ्यांक र कीर्तिमानहरू बन्ने गर्दछ जुन हामी धेरै क्रिकेट पक्ष्याउने समर्थकलाई पनि थाहा नहुन सक्छ ।    

आज हामी १० यस्ता तथ्यहरूको कुरा गर्दैछौँ जुन तपाईँलाई झुटो लाग्न सक्दछ तर ति सत्य हुन् । 

१. भारती क्रिकेट टोलीका पूर्व कप्तान तथा मास्टर ब्लास्टर सचिन तेन्दुलकरले आफ्नो ब्याटबाट हजारौं रन बनाएका थिए । तर ब्याट्सम्यानका रुपमा चर्चित उनले अन्तर्राष्ट्रिय क्रिकेटमा माल्कोम मार्शल, इम्रान खान, शोएब अख्तर, डेल स्टेन,लान्स क्लुजनर र मिचेल जोनसन जस्ता बलरहरूले भन्दा पनि बढि बलिङ गरेका छन् ।

२. भारतीय क्रिकेट टोलीका पूर्व तीब्र गतिका बलर हुन् अजित अगरकर । तर उनले ब्याटिङका दिग्गज खेलाडीहरू सचिन तेन्दुलकर, सुनिल गभास्कर, रिकी पोन्टिङ,ब्रायन लारा, भिभिएस लक्ष्मण र ज्याक कालिसको जोड्दा जति हुन्छ त्यो भन्दा पनि धेरै शतक लर्ड्समा प्रहार गरेका छन् ।         

३. अष्ट्रेलियाका पूर्व विकेट किपर ब्राड हजको नाममा टेस्ट सर्वाधिक अविजित २०३ रनको स्कोर छ र उनले टेस्टमा औसत ५५ दशमलब ८८ छ । तर पनि उनले अष्ट्रेलियाको लागि जम्मा पाँच टेस्ट मात्र खेलेका छन् ।

४. केन्या कुनै समय जायन्ट किलरको नामले प्रसिद्ध थियो । अहिले केन्याको क्रिकेट पुरै खस्किएको भए पनि उसले विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । सन् २००३ मा सम्पन्न विश्वकपमा केन्याले सेमिफाइनलमा भारतको सामना गरेको थियो । जित नजिक पुगे पनि अन्तत केन्या पराजित भयो भने भारतले फाइनलको यात्रा तय गर्यो ।         

५. एक ओभरमा छ बल हुन्छ । यो त हामी सबैलाई थाहा नै छ । तर पाकिस्तानका पूर्व तीब्र गतिका बलर मोहम्मद सामीले एक ओभरमा १७ बल गरेका थिए । सन् २००४ मा सम्पन्न बंगलादेश विरुद्धको एसिया कपमा उनले सात वाइड र चार नो बल गरेर कुल १७ बल गरेका थिए ।

६. पछिल्लो डेढ वर्षमा पाकिस्तानका लेग स्पिनर यासिर शाहले भारतीय क्रिकेट टोलीका कप्तान तथा रन मेसिनको नामले चर्चित विराट कोहलीले भन्दा धेरै शतक प्रहार गरेका छन् ।   

७. मास्टर ब्लास्टर सचिन तेन्दुलकरले टेस्टमा कुल ५१ वटा शतक प्रहार गरेका छन् । तर दुखको कुरा क्रिकेटको मक्का भनिने लर्ड्समा उनले एउटा पनि शतक प्रहार गर्न सकेनन् ।

८. बिराट कोहली यस्ता क्रिकेट खेलाडी हुन् जसले एक बल पनि नगरी ट्वान्टी ट्वान्टीमा विकेट हात पारेका छन् । कसरी ? सन् २०११ मा इंग्ल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टीका क्रममा बिराटले आफ्नो पहिलो ओभरको पहिलो बल गरे । उनको बल वाइड भयो । महेन्द्र सिंह धोनीले ब्याट्सम्यान केभिन पिटरसनलाई स्ताम्पिङ गर्दै आउट गरे । त्यस समय कोहलीको बलिङ ०.०-०-०-१ भयो र कुनै पनि बैध बलिङ बिना उनले विकेट हात पारे ।     

९. अष्ट्रेलियाका कप्तान तथा विकेट किपर टिम पेनले भारत विरुद्धको टेस्टका क्रममा खेदो खेनेको विषयले धेरै चर्चा पाएको थियो । तर टेस्टमा पेनले एउटा पनि शतक प्रहार गर्न सकेका छैनन् भने अश्विनले पाँच शतक आफ्नो नाममा लेखाएका छन् ।

१०. विश्व क्रिकेटका सबैभन्दा खतरनाक लेग स्पिनर हुन् शेन वार्न । तर सचिन तेन्दुलकरले एकदिवसीयमा अष्ट्रेलियन बलर वार्न भन्दा धेरै पाँच विकेट हात पारेका छन् । 

 

 

Click to comment

Trending