Headline

बुसकेटलाई कोरोना देखिए पछी स्पेनले अभ्यासका लागि बोलायो पाँच नयाँ खेलाडी

Published

on

स्पेनिस राष्ट्रिय टोलीले मिड्फिल्डर सर्जियो बुसकेटलाई कोरोना भाईरसको संक्रमण देखिए पछि पाँच खेलाडीलाई ‘बायो बबल’ ट्रेनिङमा उपस्थित हुन आग्रह गरेको छ ।

स्पेनिस टोलीले कोरोना भाईरसको परिस्थिती सोचेको भन्दा नराम्रो भएमा खेलाडीहरुलाई तयार रहन समेत आग्रह गरेको छ । स्पेनले रोड्रिगो मोरेनो, पाब्लो फोर्नाल्स, कार्लोस सोलेर, ब्राइज मेन्डिस र राउल अबिओललाई अभ्यासका लागि बोलाएको हो ।

अझै पनि स्पेनिस राष्ट्रिय टोलीमा रियल म्याड्रिडका खेलाडीले भने स्थान बनाउने सकेनन् । प्रशिक्षक लुइस इनरिकेले पाँच खेलाडी बोलाए पनि नाचो फर्नान्डेजलाई नबोलाएको भन्दै रियल समर्थकहरुले आलोचना समेत गरेका छन् ।

बार्सिलोनाका मिड्फिल्डर बुसकेटलाई कोरोना संक्रमण देखिए पछि स्पेनिस टोली सबैलाई कोरोनाको खतरा रहेको थियो । बुस्केट हाल आईसोलेसनमा रहेका छन् ।

स्पेनिस फुटबल संघले एक बिज्ञप्ती निकाल्दै पाँच खेलाडीलाई अभ्यासमा राख्ने निर्णय लिएको बताएको छ । स्पेनले वुधबार लुथ्वानियासँग मैत्रिपूर्ण खेल खेल्दै छ भने आफ्नो युरो कप २०२० को पहिलो खेलमा स्वीडेनसँग भिड्दै छ ।

जुन १४ मा हुने पहिलो खेल स्पेनका लागि ठुलो चुनौती समेत छ । स्पेनको समुहमा स्वीडेन, पोल्याण्ड र स्लोभाकिया छन् ।

Click to comment

Trending