Headline

आर्नोल्डको स्थानमा बेन ह्वाइट

Published

on

इङ्ल्याण्डको युरो २०२० को टोलीमा ब्राइटनका डिफेण्डर बेन ह्वाइटले चोटग्रस्त राइटब्याक ट्रेन्ट एलेक्जेण्डर-आर्नोल्डको स्थान लिने भएका छन् ।

२३ वर्षिय बेन ह्वाइटले गएको साता अष्ट्रियासँग भएको खेलमा डेब्यु गरेका थिए । त्यही खेलमा भने आर्नोल्डले आफ्नो तिघ्रामा चोट बोक्न पुगेका थिए ।

ह्वाइटले रोमानिया विरुद्धको अर्को खेलमा ट्य्रोने मिङसँग सेन्टर डिफेण्डरको रुपमा खेलेका थिए । जुन खेल पछि उनलाई इङ्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले टोलीमा बोलाउने निर्णय गरेका थिए ।

आउने आईतबार ग्रुप डि को पहिलो खेलमा इङ्ल्याण्डले वेम्बलीमा क्रोएशियासँग खेल्ने छ । साउथगेटले टोलीका लागि खेलाडीहरु आफ्नो ब्याक अपमा राख्दै आउका छन् । आर्नोल्ड जस्तै कसैलाई इन्जुरी भएमा एभर्टनका बेन गोड्फ्रे र साउथह्याम्प्टनका जेम्स वार्ड प्रोससहित जेसी लिङार्ड र ओल्लि वाट्किन्स पनि बैकल्पिक टोलीमा रहेका छन् ।

ह्वाइटको यो पहिलो इङ्ल्याण्ड युरो २०२० हुने छ । इंग्ल्याण्ड समुह डि मा रहेको छ । क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेको समुह डिको खेलहरु वेम्बली र ग्लास्गोमा हुने छ ।

Click to comment

Trending