Euro 2020

२०१८ को विश्वकपमा भन्दा युरो २०२० को इंग्ल्यान्ड टोली बलियो – केन 

Published

on

इंग्ल्यान्ड फरवार्ड ह्यारी केनले २०१८ को रुस विश्वकप भन्दा अहिलेको युरो कप २०२० को इंग्ल्यान्ड टोली बढी बलियो दावी गरेका छन् ।

युरो २०२० को उपाधि दाबेदार मध्यको एक इंग्ल्यान्ड, विश्वकपको सेमीफाइनल खेलेको समय भन्दा अहिले निकै बलियो र सुधारिएको पनि केनले बताएका छन् । तीन वर्ष अघिको विश्वकप सेमीफाइनलमा इंग्ल्यान्डले गोलको अग्रता लिन सफल भए पनि २-१ ले हार्न पुगेको थियो ।

ग्यारेथ साउथगेटको टोली इंग्ल्यान्ड पहिले भन्दा अनुभवी रहेको भए पनि भड्किन नहुने कप्तान केन बताउँछन् ।         

“यस युरो कप २०२० मा हामी सायद राम्रो अवस्थामा छौ,” केनले भने । “गत विश्वकपमा हामी टोलीका रुपमा के कस्तो थियौं भनेर यकिन छैन । तर हामीले प्रतियोगिता अवधिभर निकै राम्रो प्रदर्शन गर्न सफल भयौ । हामी अहिले निकै राम्रो र बलियो भएका छौँ । हाम्रो टोलीका खेलाडीहरूले आफ्नो क्लबमा पनि राम्रो प्रदर्शन गरेका छन् ।” 

“यस पटक हामी राम्रो अवस्थामा छौँ । तर हामीलाई थाहा छ कि यो सहज छैन भने कडा मिहिनेत पनि आवश्यक छ । हामीले हाम्रो देशका लागि लामो समय देखि उपाधि दिलाउन सकेका छैनौँ । प्रतियोगिता जति जति अगाडि बढ्छ त्यति नै कठिन बन्दै जान्छ । त्यसैले पनि हामी मानसिक रुपमा पनि बलियो बन्न पर्दछ ।”

इंग्ल्यान्डले आगामी आइतबार हुने आफ्नो पहिलो खेलमा क्रोएसियाको सामना गर्दैछ।  २०१८ बिश्वकपको सेमिफाइनलमा २-१ ले पराजित भएको इंग्ल्यान्ड यस खेलमा भने बदला लिने हिसाबले नखेल्ने पनि कप्तान केन बताउँछन् ।

“त्यो खेल सम्झँदा पनि निकै चोट पुग्छ । त्यस खेल जित्दै हामी विश्वकपको फाइनलमा पुग्न चाहन्थ्यौँ । तर सबै सधैँ सोचे जस्तो पनि हुँदैन । हामी त्यस समय चुक्यौँ ।”  


 

Click to comment

Trending