Headline

नेपाल जोर्डनबिरुद्ध एक गोलले पछाडीः किरणको उत्कृष्ट प्रदर्शन

Published

on

नेपाल २०२२ बिश्वकप र २०२३ एसिया कप छनोट अन्तर्गत जोर्डनबिरुद्धको खेलको पहिलो हाफमा १-० ले पछि परेको छ ।

जबार अल अहमद रंगशालामा जोर्डनले २४ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । २३ औं मिनेटमा रोहित चन्दले मौसा सुलेमानलाई पेनाल्टी बक्स भित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

नेपाल नम्बर वान गोलकिपर किरण चेम्जोङले सही दिशामै डाइभ गरेपनि वाहब फैजलले सशक्त प्रहार गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा मौसा सुलेमानको लामो प्रहारलाई किरणले उत्कृष्ट ढंगले बचाउदै कर्नरको लागि पठाएका थिए ।

जोर्डनले खेललाई पूर्ण रुपले नियन्त्रणमा लिएपछि किरणले लगातार नेपाललाई गोल खानबाट बचाएका थिए ।  ३६ औं मिनेटमा नेपाल पहिलो पटक जोर्डनको बक्स नजिक पुगेको थियो । सुनिल बलले मिडफिल्डबाट आएको बल अन्जन बिष्टलाई पास नगर्दै फितलो प्रहारका साथ बाहिर प्रहार गरेका थिए ।

मध्यान्तरअघि जोर्डनले निरन्तर दवाब बनाउदा किरणले पटक पटक नेपालालई गोल खानबाट बचाएका थिए । मौसाले ४६ औं मिनेटमा उत्कृष्ट स्किल देखाउदै चार जना डिफेन्डरलाई बिट गरेपनि अन्त्यमा बाहिर प्रहार गर्न पुगेका थिए ।

Click to comment

Trending