अन्तर्राष्ट्रिय

विश्वकप सुपर लिगमा नेदरल्यान्ड्सको सुखद सुरुवात, आयरल्याण्ड विरुद्ध शृंखला माथि कब्जा गर्न सफल 

Published

on

घरेलु टोली नेदरल्यान्ड्सले तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्याण्ड माथि चार विकेटको जित निकाल्दै सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटको आधार रहेको सुपर लिगमा सुखद सुरुवात गरेको छ । नेदरल्यान्ड्सले सुपर लिगको आफ्नो पहिलो शृंखला २-१ ले आफ्नो पोल्टामा पार्न सफल भएको हो । पहिलो खेलमा एक विकेटको रोमान्चक जित निकालेको नेदरल्यान्ड्सले दोश्रो खेलमा भने आठ विकेटले पराजित हुन पुगेको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ह्यारी टेक्टरको अर्धशतकको बाबजुद १६३ रन मात्र बनाउन सक्यो भने स्टेफन माइबर्गको अर्धशतकको मद्दतमा नेदरल्यान्ड्सले ४५ दशमलब पाँच ओभर खेल्दै छ विकेटको नोक्सानीमा जित आत्मसाथ गरेको हो ।  

नेदरल्यान्ड्सको ओपनर जितमा माइबर्गले सर्वाधिक ७४ रन बनाए । १११ बलको सामना गरेका उनले छ चौका र तीन छक्का प्रहार गरे भने अर्का ओपनर म्याक्स ओ’डाउडले पनि ३६ रनको योगदान दिए ।     

आयरल्याण्डको लागि टेक्टरले सर्वाधिक ५८ रन बनाए भने जर्ज डक्रेलले पनि ४० रनको पारी खेले । २८ रनमा तीन विकेट गुमाएर खराब सुरुवात गरेकोको आयरल्याण्डको लागि उनीहरूले ८९ रनको साझेदारी गर्दै पारी सम्हाले । ११ रनको अन्तरालमा दुबै जना पेभेलियन फर्किए पछि आयरल्याण्ड सानो योगफलमा नै समेटिन पुग्यो । त्यस्तै हेक्टर र डक्रेल बाहेक सिमी सिंहले अविजित २१ को योगदान दिए ।      

आयरल्याण्डलाई सानो योगफलमा समेट्ने क्रममा फ्रेड क्लासेनलोगन भान बिकले समान ३-३ विकेट हात पारे भने टिम भान डर गगटेनले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । क्लासेनले १० ओभरमा २३ तथा बिकले नौ दशमलब दुई ओभरमा २९ रन खर्चिए भने गगटेनले नौ ओभरमा २२ रन मात्र दिए ।  

Click to comment

Trending