Headline

नेपालको शुरुवाती ११ मा ठुलो परिवर्तन, बिकास खवास, दिनेश राजवशीं र अभिषेक रिजाल शुरुवाती ११ मा

Published

on

नेपालले जोर्डन विरुद्धको दोस्रो खेलमा तीन ठुलो परिवर्तन गरेको छ । चाइनिज ताइपे विरुद्ध २-० ले बिजयी निकालेको टोलीबाट नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

नेपालले लेफ्ट ब्याकमा बिकास खवासलाई मौका दिएको छ भने राइट ब्याकमा दिनेश राजवंशी आएका छन् ।

सुमन अर्याललाई लेफ्ट विङ खेलाएको छ । अभिषेक रिजाल पनि आशिष लामाको स्थानमा आएका छन् । ४-३-३ को राणनीतिमा खेल्ने नेपालले खेलमा ३-५-२ मा परिवर्तन गरेको छ ।

जोर्डनलाई हराउने सके नेपाल एसियन कपको तेस्रो चरणमा स्थान बनाउने छ भने बराबरी गरे गणितीय हिसावमा सम्भव हुने छ ।

Click to comment

Trending