Headline

लिभरपुलका वाइनाल्डम पिएसजीमा

Published

on

लिभरपुलका डच डिफेन्डर जर्जिनियो वाइनाल्डम फ्रि ट्रान्सफरमा फ्रेञ्च लिग वान महारथी पेरिस सेन्ट जमाईन जाने भएका छन् ।

यो सिजनको समाप्तिसंगै वाइनाल्डमले लिभरपुलले राखेको सम्झौता थप्ने प्रस्तावालाई अस्विकार गरेका थिए । जुनमा लिभरपुलसंगको सम्झौता समाप्त हुंदा उनी बार्सिलोना जाने अपेक्षा गरिएको थियो ।

तर लिलेलाई यो सिजनको लिग वान उपाधि सुम्पिएको पिएसजीले राम्रो प्रस्ताव राखेपछि उनी पेरिस तर्फ लागेका हुन् । पिएसजीमा मउरिसियो पोचेटिनोको उपस्थितिले पनि वाइनाल्डमको निर्णयलाई प्रभाव गरेको बुझिएको छ ।

वाइनाल्डमले लिभरपुल आउनु अघि नै पोचेटिनाको बिशेष तारिफ गरेका थिए । सम्झौता पूर्ण भइनसकेको भएपनि उनी पिएसजी पुगिसकेको सञ्चार माध्यमहरुले बताएका छन् ।

११ जुनदेखि शुरु हुने युरो कपका लागि डच टोलीमा रहेका वाइनाल्डमले लिभपुरका लागि २ सय ३७ खेलेका थिए । यस क्रममा उनले इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका थिए ।

Click to comment

Trending