Headline

एमिल्यानो बुन्डियाले रोजे एस्टन भिल्ला

Published

on

अर्जेन्टियन मिडफिल्डर एमिलियानो बुन्डियालाई एस्टन भिल्लाले भित्र्याएको छ । आर्सनल जाने निकै हल्ला चले पनि बुन्डियाले एस्टन भिल्ला रोजेको ब्रिटिस संचार मध्यामहरुले जनाएको छ

भिल्लाले नर्विच सिटीका २४ वर्षीय बर्षीय बुन्डियालाई क्लब भित्र्याएको जनाएको छ । भिल्लाले बुन्डियाको लागि ३५ मिलियन पाउण्ड तिरेको छ ।
आर्सनलले पनि ३५ मिलियन पाउण्डको नजिकै प्रस्तावमा भिल्लालाई बुन्डियाको बिषयमा कुरा चलाए पनि खेलाडी भिल्ला रोजेको समाचारहरुले लेखेका छन् ।

बुन्डिया आँफैले भने एस्टन भिल्लानै किन गएको बारे बोलेका छैनन् । यस सिजन नर्विचलाई इङ्लिस फुटबलको दोस्रो डिभिजन च्याम्पियनशिप जिताउँदा प्लेयर अफ दि सिजन चुनिएका बुन्डियाले नर्विचका लागि ३९ खेलमा खेल्दै १५ गोल र १६ असिस्ट गरेका थिए ।

बुन्डियालाई एस्टन भिल्लाले राम्रो तलब सहितको सम्झौता पत्र दिएको थियो जन आर्सनल भन्दा निकै कम थियो तर पनि उनले भिल्ला रोजेका हुन् ।

Click to comment

Trending