Headline

८ बर्ष अघिको ट्विटका कारण रोबिन्सन प्रतिबन्धित

Published

on

इंग्ल्याण्डका ओलि रोबिन्सनले टेस्टमा डेब्यु गरे लगत्तै सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट प्रतिबन्धित बने । ८ बर्षअघि गरेको ट्विटहरुका कारण इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले उनलाई अनिश्चितकालको लागि प्रतिबन्ध गरेको छ ।

“इंग्ल्याण्ड तथा ससेक्स बलर ओलि रोबिन्सनलाई उनले २०१२ र २०१३ मा गरेका ट्विटहरुको अनुशासन अनुसन्धानको निष्कर्ष नआउन्जेलसम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्ध गरिएको छ । उनी न्युजिल्याण्डबिरुद्ध जुन १० देखि शुरु हुने दोश्रो टेस्टमा छनोटको लागि हुने छैनन् र इंग्ल्याण्ड क्याम्प छोड्नेछन्,” इसिबीले एक बिज्ञप्तिमा भनेको छ ।

२७ बर्षिय रोबिन्सन्ले उत्कृष्ट डेब्यु गर्दै न्युजिल्याण्डबिरुद्ध लर्ड्समा भएको पहिलो टेस्टमा ७ विकेट लिनुका साथै ४२ रन पनि बनाएका थिए ।

डेब्यु गरेकै दिन रोबिन्सले गरेका रंगभेटी र सेक्सिस्ट ट्विटहरु बाहिर आउदै उनको आलोचना भएको थियो । लगत्तै उनले माफी पनि मागेका थिए ।

Click to comment

Trending