Headline

बेल्जियम र नेदरल्याण्ड्सले गरे जितका साथ अन्तिम तयारी

Published

on

आ-आफ्नो मैत्रीपूर्ण खेलमा जित हात पार्दै बेल्जियम र नेदरल्याण्ड्सले युरो कपको तैयारी पुरा गरेका छन् ।

बिश्व नम्बर एक टोली बेल्जियमले २०१८ को बिश्वकप उपबिजेता क्रोएसियालाई १-० ले पराजित गर्यो । बेल्जियमको जितमा लयमा रहेका फर्वार्ड रोमेलु लुकाकुले गोल गरेका थिए ।

रोबर्ट मार्टिनेजको बेल्जियमले पहिलो पटक प्रमुख प्रतियोगिताको रुपमा युरो कप जित्ने अपेक्षा गरिएको छ । समुह बीमा रहेको बेल्जियमले युरो कपमा डेनमार्क, फिनल्याण्ड र रुसको सामना गर्नेछ ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा लुकाकुको गोल अन्तर थियो । ३१ औं मिनेटमा लुकाकु उत्कृष्ट गोल गर्न चुकेका थिए । तीन क्रोएसियन डिफेन्डरहरुका बीच बल नियन्त्रण गरेका लुकाकुको प्रहार बारमा ठोक्किएको थियो । रिबाउण्डमा यानिक कारास्कोको हेडर पनि बारमै ठोक्किन पुगेको थियो ।

तर त्यसको सात मिनेटपछि नै यो सिजन इन्टर मिलानका लागि इटालियन सिरी आ जितेका लुकाकुले ६० औं अन्तर्राष्ट्रिय गोल गरेका थिए । क्रोसियन डिफेन्समा भएको असमझदारीको फाइदा उठाउदै उनले बिजयी गोल गरेका हुन् ।

डच टोलीले भने जर्जियामाथि ३-० को सहज जित हात पार्यो । मेम्फिस डिपेको गोलबाट अग्रता लिएको नेदरल्याण्ड्सका लागि वुट वेगहर्सट र रायन ग्रेभनबर्चले पनि १-१ गोल गरेका थिए ।

अर्को खेलमा डेनमार्कले बोस्निया हर्जगोभिनालाई २-० ले हरायो । डेनमार्कको जितमा मार्टिन ब्रेथवेट र आन्द्रेस कर्नेलियसले गोल गरेका थिए ।

Click to comment

Trending