Headline

जर्मनीलाई अण्डर -२१ युरोपियन च्याम्पियनसिपको उपाधि

Published

on

जर्मनी पोर्चुगललाई १-० ले पराजित गर्दै अण्डर-२१ युरोपियन च्याम्पियनसिप बिजेता बनेको छ ।

आइतबार भएको फाइनलमा जर्मनीको लागि एक मात्र बिजयी गोल लुकास एनमेचाले गरेका थिए । स्लोभेनियाको राजधानी लुबियानामा भएको फाइनलमा रिडल बाकुले दोश्रो हाफको चार मिनेटपछि नै मिलाइदिएको पासमा एनमेचाले गोल गरेका थिए ।

२००९ र २०१७ पछि जर्मनीको यो तेश्रो अण्डर २१ युरोपियन उपाधि हो । २०१९ को पनि फाइनल खेलेको जर्मनी उपाधि भिडन्तमा इटालीसंग पराजित भएको थियो ।

जर्मनीको लागि १९९६ को सिनियर युरो जितेका वर्तमान प्रशिक्षक स्टेफन कुन्ट्जले २०१७ मा पनि उपाधि दिलाएका थिए ।

पोर्चुगल फाइनल पुगेपछि लगातार दुई पटक पराजित भएको हो । २०१५ को पनि फाइनल खेलेको पोर्चुगल स्विडेनसंग पराजित भएको थियो ।

जर्मनीको सिनियर टोलीको ध्यान भने अब युरो कपमा रहनेछ । जुन ११ देखि शुरु हुन गइरहेको युरो कपको समुह चरणमा जर्मनीले पोर्चुगलको सामना गर्नेछ ।

Click to comment

Trending