अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र न्युजिल्याण्ड बीचको पहिलो टेस्ट बराबरीमा 

Published

on

घरेलु टोली इंग्ल्यान्ड र न्युजिल्याण्ड बीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । तेश्रो दिनको खेलमा वर्षा बाधक हुँदा लर्ड्समा सम्पन्न खेल ड्र भए पछि दुई खेलको शृंखला ०-० को अवस्थामा रहेको छ । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले आफ्ना सबै विकेट गुमाएर ३७८ रन बनायो भने जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २७५ रन मात्र बनाउन सक्यो । पहिलो पारीमा १०३ रनको अग्रता लिएको न्युजिल्याण्डले दोश्रो पारीमा छ विकेट गुमाएर १६९ रन बनाए पछि आफ्नो पारी सकिएको घोषणा गर्यो । अन्तिम दिनको खेलमा २७३ रनको लक्ष्य लिएर ब्याटिङमा आएको इंग्ल्यान्डले तीन विकेट गुमाएर १७० रन मात्र बनाउँदा खेल बराबरीमा सकिएको हो । 

न्युजिल्याण्डको तर्फबाट पहिलो पारीमा खेलको म्यान अफ द म्याच घोषित डेभन कन्वेले कीर्तिमानी दोहोरो शतक प्रहार गरे । लर्ड्समा डेब्यु गर्दै दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका ओपनर कन्वेले ३४७ बलको सामना गर्दै २२ चौका र एक छक्का प्रहार गरे । त्यस बाहेक हेनरी निकोल्सले पनि ६१ रनको पारी खेले । 

इंग्ल्यान्डका ओली रोबिनसनले सर्वाधिक चार विकेट हात पारे भने मार्क उड र जेम्स एन्डरसनले पनि आफ्नो नाममा क्रमश तीन र दुई विकेट दर्ता गराए । 

इंग्ल्यान्डका ओपनर रोरी बर्न्सले २९७ बलको सामना गर्दै १६ चौका र एक छक्काको मद्दतमा सर्वाधिक १३२ रनको पारी खेले पनि टिम साउथीले घातक बलिङ गर्दै छ तथा कायल जेमिसनले तीन विकेट हात पार्दा न्युजिल्याण्डले १०३ रनको अग्रता लिन सक्यो । 

रोबिनसनले तीन विकेट लिए पछि न्युजिल्याण्डले १६९ रनमा नै आफ्नो पारीको घोषणा गरेको थियो । ७० ओभरमा २७३ रन बनाउन पर्ने लक्ष्य सहित ब्याटिङमा आएको इंग्ल्यान्डको लागि डम सिब्लीले अविजित रहँदै सर्वाधिक ६० तथा कप्तान जो रुटले ४० रनको पारी खेल्दा पाँचौ तथा अन्तिम दिनको खेल सकिन पुग्यो ।  

इंग्ल्यान्ड र न्युजिल्याण्ड बीचको दोश्रो तथा अन्तिम टेस्ट बिहिबारबाट सुरु हुनेछ ।

 

Click to comment

Trending