Headline

नेपाल भर्सेस जोर्डन: हेड टु हेड, के भन्छन् प्रशिक्षक ?, प्लेयर्स टु वाच र सम्भावित ११

Published

on

२०२२ को बिश्वकप र २०२३ को एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो लेगमा चाइनिज ताइपेविरुद्ध नेपालले २-० को जित निकाल्यो । अन्जन बिष्टको पहिलो हाफको पेनाल्टी र दोस्रो हाफ मा नवयुगको ट्याप इन गोलले नेपालमा छुट्टै उर्जा देखाएको थियो । एसियन कप प्लेअफका लागि लडिरहेको नेपालले दोस्रो खेल भने जोर्डनसँग सोमबार खेल्दै छ ।

समुह बि अन्तर्गत नेपालको ६ अंक छ । दुवै खेलमा चाइनिज ताइपेलाई हराए पनि ताइपे समुहको पुछारमा रहेका कारण प्लेअफको अर्को समुहमा नेपाललाई दोस्रो चरण पुग्न गार्हो छ । जोर्डनसँगको एक अंक पनि नेपाललाई निकै महत्वपूर्ण छ ।

हेड टु हेड :

नेपालले जोर्डनसँग तीन खेलहरु खेलेको छ । जोर्डन र नेपाल २०११ जुलाईमा पहिलो पटक खेलका थिए । नेपालका लागि पछि निकै विवादास्पद बनेको खेलमा जोर्डन ९-० ले बिजयी भएको थियो । २०११ जुलाईमै भएको दोस्रो लेगमा भने नेपालले १-१ को बराबरी खेलेको थियो ।

त्यस पछि एकै पटक २०१९ मा जोर्डनसँग अर्को खेल खेलेको नेपाल ३-० ले पराजित भएको थियो ।

के भन्छन् प्रशिक्षक ?

अब्दुल्लाह अल्मुताइरी , नेपाल

“धेरै समाचारहरुमा हेरे, उनीहरुले जोर्डन निकै बलियो र नेपालको कुनै सम्भावना नरहेको भन्ने सुने । तर, फुटबलमा त्यसो हुँदैन । हामीले उत्तर मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं । जोर्डन बलियो छ तर नेपालले मेहेनत गर्ने छ। टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । एसियन कपमा छनोट हुने हाम्रो लक्ष्य हो । त्यसका लागि यो खेलमा जित आवश्यक छ।”

भिताल बोर्केलम्यान्स, जोर्डन

“हामीलाई सबैले स्पष्ट बिजेताको रुपमा हेर्दै तीन अंक लिने अपेक्षा राखेका छन् तर यो फुटबल हो र यहां जे पनि सम्भव हुन सक्छ । मैले नेपालले चाइनिज ताइपेई र इराकसंग खेलेको हेरेको थिए । नेपालको स्तर र खेल्ने प्रणालीमा परिवर्तन छ । जोर्डन मात्रै राम्रो टोली छ भन्ने हैन, सबै बिपक्षीलाई हामीले सम्मान साथ हेरेको छु र नेपालको विरुद्धमा पनि हामी जित को लागि खेल्नेछौ ।”

प्लेयर्स टु वाच

मुसा अल तमारी, जोर्डन

मुसा अल तमारी जोर्डन राष्ट्रिय टोली तथा बेल्जियन पहिलो डिभिजन क्लब ओएच लेवेनका विङ्गर हुन् । अल तमरी जोर्डनबाट युरोपमा लिग खेल्ने एक मात्रै खेलाडी हुन् । अन्य धेरै खेलाडीहरु कतारी दोस्रो डिभिजनको लिगमा आवद्ध भए पनि निकै राम्रो टोली रहेको जोर्डनका प्लेयर्स टु वाच भने मुसा अल तमारी नै हुन् । तमारी भर्खर २३ वर्षका छन् ।

गौतम श्रेष्ठ, नेपाल

नेपालका लागि विश्वकप तथा एसिया कप छनोटको पहिलो खेलमै ताइपे विरुद्ध राइट ब्याक खेलका गौतम श्रेष्ठले पहिलो खेलमै क्लिनशित राख्न सफल भएका थिए । ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबमा खेल्ने गरेका गौतमको डिफेन्डिङ र क्रसिङ खेल निकै राम्रो छ । गौतमले नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका थिए । २२ वर्षिय गौतमले जोर्डन विरुद्ध शुरुवाती ११ मा खेल्ने हो भने उनकालाई त्यो नेपालको तेस्रो क्याप हुने छ ।

सम्भावित ११

 

 

 

 

Click to comment

Trending