Headline

नेपालको स्तर र खेल्ने प्रणालीमा परिवर्तन देखिन्छः जोर्डन प्रशिक्षक

Published

on

नेपाली समर्थक मात्र नभएर जोर्डनका प्रशिक्षक भिताल बोर्केलम्यान्सले पनि नेपाली फुटबल टोलीको स्तर र खेल्ने प्रणालीमा परिवर्तन पाएका छन् ।

२०२२ को बिश्वकप र २०२३ को एसिया कप छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनको सामना गर्दैछ । नेपाललाई खेलमा अन्डरडगको रुपमा हेरिएपनि बोर्केलम्यान्स नेपाललाई कम आक्न चाहदैनन् । पहिलो लेगमा नेपाललाई जोर्डनले ३-० ले पराजित गरेको थियो ।

“हामीलाई सबैले स्पष्ट बिजेताको रुपमा हेर्दै तीन अंक लिने अपेक्षा राखेका छन् तर यो फुटबल हो र यहां जे पनि सम्भव हुन सक्छ । मैले नेपालले चाइनिज ताइपेई र इराकसंग खेलेको हेरेको थिए । नेपालको स्तर र खेल्ने प्रणालीमा परिवर्तन छ,” आइतबार कुवेतमा भएको प्रेस कन्फेरेन्समा उनले भने ।

नेपालले जबार अल अहमद रंगशालामा सांझ ७ बजे खेल्नेछ ।

बिश्वकप छनोटको आशा लगभग समाप्त भइसकेको स्थितिमा नेपालको लक्ष्य अब एसिया कप छनोटको तेश्रो चरणमा पुग्ने रहनेछ । यसका लागि नेपाललाई जित आवश्यक रहेको छ ।

८ समुहबाट सबैभन्दा उत्कृष्ट चौथो स्थान रहेको चार टोली एसिया कप छनोटको तेश्रो चरणमा प्रवेश गर्नेछन् । अर्को मौका नेपालको लागि प्ले अफ मार्फत रहनेछ ।

एसिया कप छनोटको तेश्रो चरणमा प्रवेश गर्न जित आवश्क रहेको भन्दै नेपाल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टोली जोर्डनबिरुद्ध जितका लागि खेल्ने बताउछन् ।

“धेरैले हामीलाई अन्डरडगको रुपमा लिदै जोर्डनबिरुद्ध कुनै मौका दिएका छैनन् । तर सबै खेल ०-० बाट शुरु हुन्छ । मैदानमा कस्तो प्रदर्शन गरेको छ त्यसमा भर पर्छ। जोर्डनबिरुद्ध शुरुवातदेखि नै हामी जितका लागि खेल्नेछौं,” अब्दुल्लाहले भने ।

Click to comment

Trending