अन्तर्राष्ट्रिय

श्रीलंका क्रिकेट बोर्ड र खेलाडीको द्वन्द चर्कंदा इंग्ल्यान्ड भ्रमण नै शंकाको घेरामा 

Published

on

खेलाडीहरु र श्रीलंका क्रिकेट बोर्डको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट (सम्झौता) लाई लिएर द्वन्द चर्कंदा इंग्ल्यान्ड भ्रमण नै संकाको घेरामा परेको छ । 

श्रीलंकाले समान ३-३ ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलका लागि यही जुन नौ तारिकमा इंग्ल्यान्ड जाने कार्यक्रम रहेको छ । बोर्डले खेलाडीहरूलाई सम्झौता गर्नका लागि हिजो सम्मको मिति तोकेको थियो । तर ३८ जना खेलाडीहरूले बोर्डसँग सम्झौता नगर्ने र आफ्नो माग पुरा गर्नका लागि तीन दिनको समय दिएका छन् । यदि खेलाडीहरूको माग पुरा नभएको खण्डमा इंग्ल्यान्ड भ्रमण रद्द हुने वा पछिको लागि धकेलिन सम्भावना पनि रहेको छ ।      

यस अघि बङ्गलादेशविरुद्धको शृंखला शुरु हुनु एक दिन अघि प्रस्तावित सम्झौता अपारदर्शी र निष्पक्ष नरहेको भन्दै श्रीलंकन खेलाडीहरूले नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । श्रीलंका क्रिकेटले राष्ट्रिय टोली ढाका उड्नु अघि २४ खेलाडीहरूलाई प्रस्ताव गरेको सेन्ट्रल कन्ट्रयाक्टमा थोरै तलब र प्रदर्शनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने सम्झौता तयार पारेको थियो ।

खेलाडीहरूले अपारदर्शी सम्झौतामा हस्ताक्षर नगर्ने र श्रीलंका क्रिकेटलाई पनि खेलाडीहरूलाई बन्दुक देखाएर बन्दी नबनाउन पनि आग्रह गरेको छन् ।

खेलाडीहरूले प्रस्तावित तलब विवरण पनि सार्वजनिक गरेको श्रीलंका क्रिकेटको निर्णयले आफूहरू स्तब्ध भएको बताएका छन् । उनीहरूको अनुसार श्रीलंकन खेलाडीहरूलाई प्रस्ताव गरिएको तलब अन्य देशका खेलाडीहरूको तुलनामा मुस्किलले एक तिहाइ मात्रै रहेको भन्दै विरोध गरेका हुन् । बोर्डले भने खेलाडीहरूलाई सम्झौता रकम कम भए पनि खेल प्रदर्शनका आधारमा दिने भत्तामा पहिले भन्दा बढोत्तरी गरेको जनाएको छ । 

 

Click to comment

Trending