Headline

सान्चो भित्र्याउन युनाइटेडको नयाँ ‘ट्रान्सफर मोडल’

Published

on

गएको सिजन म्यानचेस्टर सिटीले आफ्नो पाँचौँ प्रिमियर लिगको उपाधी जित्यो । त्यस्तै अर्को म्यानचेस्टर क्लब युनाइटेड भने दोस्रो स्थानमा रह्यो । यो युनाइटेडको लागि छुट्टै सफलता थियो । ओले गुन्नर सोल्सायरले दुई वर्ष टोली हेरिसक्दा युनाईटेडले यो सबै भन्दा माथिल्लो स्थानमा  सिजन सक्काएको थियो ।

युनाइटेडको यो सफलताको श्रेय अघिल्लो सिजन जनवरी ट्रान्सफरमा क्लब आएका ब्रुनो फरनान्डेजलाई पनि जान्छ र एउटा नयाँ खेलाडीले पारेको असरको बारे युनाइटेडलाई ज्ञान पनि छ । त्यही कारण युनाइटेड यस पटक अर्का प्रभावशाली खेलाडी जेडन सान्चोलाई क्लब ल्याउने तर्खरमा लागि परेको छ र त्यो पनि नयाँ ट्रन्सफर मोडलमा ।

कस्तो छ युनाइटेडको ट्रान्सफर मोडल ?

पुर्व म्यानचेस्टर सिटी एकेडेमीका खेलाडी सान्चो हाल बोरुसिया डर्ट्मण्डमा खेल्ने गर्छन् । युनाइटेडले अघिल्लो सिजननै उनलाई आँखा लगाएको थियो तर डर्ट्मण्डको एक सय मिलियन पाउण्डको भारी मुल्य सुने पछि युनाइटेड पछि हट्न पुग्यो । तर, यो पटक  युनाइटेडले सान्चो भित्र्याउन एउटा मोडलनै खडा गरेको ब्रिटिस संचार मध्यामले लेखेका छन् ।

युनाइटेडको उक्त ट्रान्सफर मोडलमा सान्चोलाई भारी तलब, भत्ता, वार्षिक कर क्लबले तिरिदिने, छ वर्षको सम्झौता र ठुलो रिलिज क्लज राख्ने रहेको छ । युनाइटेडले छ वर्षको सम्झौताको तीन वर्षको ‘रिलिज क्लज’ मा सान्चोलाई किन्ने क्लबले दिएको पैसाको २५ प्रतिशत पाउने पनि प्रावधान बनाउने छ ।

“युनाइटेड सान्चो भित्र्याउन आतुर छ । युवा खेलाडी त्यो पनि म्यानचेस्टरमै जन्मिएको युनाइटेडले अब भने मौका छोड्ने छैन,” जर्मन एजेन्ट तथा पत्रकार जान आङेले एउटा मिडियालाई दिएको अन्तरवार्तामा भनेका छन् ।

सान्चोलाई युनाइटेडले ८० मिलियन पाउण्ड सम्ममा भित्र्याउन सक्ने पनि उनले बताएका थिए ।

Click to comment

Trending