Euro 2020

अपरेशनपछि बेल्जियन टिममा फर्कदै डि ब्रुन

Published

on

अनहारमा माइन सर्जरी गरेपछि म्यानचेस्टर सिटीका बेल्जियन स्टार केभिन डि ब्रुन युरो कपका लागि बेल्जियम टिमसंग जोडिने भएका छन् ।

गत शनिबार भएको च्याम्पियन्स लिग फाइनलमा २९ बर्षिय डि ब्रुन चेल्सीका एन्टोनियो रुडिगरसंग ठोक्किएपछि उनको नाक र आंखाको हड्डीमा चोट लागेको थियो ।

जुन १२ मा युरो कपको पहिलो खेलमा बेल्जियमले रुससंग खेल्नेछ भने १७ जुनमा डेनमार्कको सामना गर्नेछ । अन्तिम समुह चरणको खेल बेल्जियमले फिनल्याण्डबिरुद्ध जुन २१ मा खेल्नेछ ।

“अपरेशन २० मिनेट मात्र चलेको थियो । डि ब्रुनको अपरेशन राम्रो भयो र हामी उनी टोलीमा पूर्ण रुपमा फिट भएर आउनेमा सकारात्मक छौं,” बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने ।

बिश्व नम्बर एक टोली बेल्जियमका लागि आफ्नो फुटबल इतिहासकै पहिलो प्रमुख उपाधि जित्नका लागि प्लेमेकर डि ब्रुनकोउपस्थिति अपरिहार्य जस्तै रहेको छ ।

“च्याम्पियन्स लिगको थकानपछि उनको लागि यो चोट बिश्रामको रुपमा पनि आएको छ । मलाई लाग्छ उनलाई लामो समय लाग्ने छैन । मेडिकल स्टाफहरु अपरेशनपछिको परिणामलाई लिएर खुशी छन् र उनी सोमबार टिमसंग जोडिनेमा हामी बिश्वस्त छौ,” मार्टिनेजले थपे ।

Click to comment

Trending