अन्तर्राष्ट्रिय

यहाँ धेरै राजा होलान् तर भगवान एउटै छ र त्यो म हो – ज्लाटन इब्राहिमोभिच 

Published

on

स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिच यस्ता खेलाडी हुन् जो आफ्नो खेलले मात्र नभए र आफ्नो बोलिका कारण पनि सधैं चर्चामा रहने गर्दछन् ।

इब्राहिमोभिच वान लाइनर (एक वाक्य) बोल्नका लागि पनि चर्चित छन् । उनको वान लाइनर प्राय सामाजिक संजालमा भाइरल हुने गर्दछ – कि त ट्रोलका रुपमा कि त रमाईलोको हिसाबले । जसले जे भने र गरे पनि उनी भने वान लाइनरको बानी छुटाउने नाम लिँदैनन् ।

हालै ओलिभर जिरुडलाई एसी मिलानले ‘राजा’ को संज्ञा दिंदै चेल्सीबाट आफ्नो क्लबमा भित्राउने हल्ला चले पछि ज्लाटनको वान लाइनर फेरी चर्चामा रहेको छ । उनले भने सान सिरोमा ‘एउटा मात्र भगवान छ ।’

३९ वर्षीय ज्लाटनले अर्को एक वर्षका लागि मिलनसँगको सम्झौता लम्बाएका छन् । सन् २०१६ को युरो कपमा सन्यासको घोषणा गरेका उनले आफ्नो सन्यास फिर्ता लिँदै राष्ट्रिय टोलीमा करिब पाँच वर्ष पछि पुनरागमन गरेका थिए । तर चोटका कारण उनले अर्को हप्ताबाट सुरु हुन लागेको युरो कप २०२० बाट भने आफ्नो नाम फिर्ता लिन पर्ने भयो ।

‘हामीले जति राम्रो खेलाडी क्लबमा भित्राउन सक्यौं त्यती नै फाइदा हो,’ ज्लाटनले भने । ‘के म स्वार्थी हो ? तर म स्वार्थी बन्नै पर्दछ । यहाँ धेरै राजा होलान् तर एउटा मात्र भगवान छ र त्यो म हो ।’

‘तर म मेरो टोली र साथीहरु बिना केहि पनि हैन । त्यो पनि मलाई राम्रोसँग थाहा छ । मलाई फुटबलले धेरै कुरा दिएको छ । मैले फुटबलका नै कारण धेरै मानिस भेट्न पाएको छु, विश्व घुम्न र देख्न पाएको छु । मैले बिताएको जीवन पनि फुटबलले नै दिएको हो । तर मैले फुटबललाई के दिए ? एउटा राम्रो र पूर्ण स्ट्राइकर ।’

Click to comment

Trending